गैंडा उद्धार टोली भारत जाँदै

फाइल फाेटाे

बाढीले बगाएर भारत  पुर्‍याएको गैंडा उद्धारका लागि उद्धार टोली आज भारत जाँदै छन्।पाँच दिनसम्मको प्रयास पछि पनि नेपालको त्रिवेणी क्षेत्रमा रहेको केटो (बच्चा गैंडा) उद्धार गर्न नसकिएपछि भारत तर्फ लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण रामचन्द्र कँडेले जानकारी दिए।कँडेलका अनुसार भारतको गैंडा उद्धार पछि फेरी नेपालको गैंडाको उद्धार कार्य अघि बढ्ने छ।


नेपालको गैंडा उद्धार गर्न उद्धार टोलीलाई निकै गाह्रो भएको छ।वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले आफ्नो समाजिक सञ्जालमा फेसबुकमा भारतमा भन्दा नेपालमा गैंडा पक्रन गाह्रो भएको मंगलवार दिउसो स्टाट्स लेखेको थिए।अन्दाजी तीन चार वर्षको गैंडा भीरमा समेत भाग्ने र निकै बाठो भएकोले उद्धार गर्न नसकिएको हो।


पशुचिकित्सक र प्राविधिक सहितको ४० जनाको टोली गै‌डा उद्धारका लागि खटिएका छन् ।उक्त टोली पछल्लो यस अघि भारतबाट कार्तिक २३ पोथी गैंडा उद्धार गरेको थियो।हाल सम्म बाढीले बगाएको ९वटा गैंडा उद्धार गरिसकेको छ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics