कफीबाट गुडयो बस



बेलायतमा सार्वजनिक सवारी साधनबाट हुने उत्सर्जन घटाउनका लागि कफीको फोहोरबाट निकालिएको तेल प्रयोग गरी सार्वजनिक बस गुडाइएको छ । कफीको फोहोरबाट निकालिएको तेल कफी उद्योगहरुमा खेर गई फोहोरको रुपमा परिणत भएको कफीको फोहोरलाई प्रशोधन गरी निकालिएको तेललाई जैविक इन्धनको रुपमा गाडीमा प्रयोग गरिएको हो ।

लण्डनस्थित टेक्नोलोजी फर्म बायो बिन लिमिटेडका अनुसार एक वर्षमा एउटा बसलाई उर्जा प्रदान गर्नका लागि पर्याप्त मात्रामा कफीको उत्पादन गरिएको छ । अहिले यो प्रारम्भिक परीक्षणको चरणमा रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics