अत्याधुनिक खाद्यान्न परीक्षण गर्न प्रयोगशाला बन्दै
- नेचर खबर

नेपाल सरकारले साढे चार करोड लगानिमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ ।उक्त प्रयोगशाला भारत सरकारकाे ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा बन्न लागेको हो । नेपाल खाद्य संस्थानको प्रयोगशालामा खाद्यान्न परीक्षण गर्न प्रयोगशाला नहुँदा समस्या हुँदै आएको छ ।
२६ प्रकारका ४ हजार २ सयवटा उपकरण जडान गर्न गरिनेछ । प्रयोगशालामा खाद्यान्नको जैविक, भौतिक र रसायन परीक्षण गरिनेछ । प्रयोगशालामा जाँचेपछि घ्यू, तेल, दाल, चामललगायत खाद्य वस्तुमा कति विषादी प्रयोग भएको भन्ने थाहा हुन्छ ।
प्रतिक्रिया दिनुहोस