कोशी टप्पुमा नयाँ पाहुना चरा डुन्डुल

तस्बिर : दिनेश घिमिरे


कोशी टप्पुमा वन्यजन्तु आरक्षमा नयाँ प्रजातीको चरा देखा परेको छ । सानो आकारको डुन्डुल नामक लाटोकोसेरोको नयाँ प्रजातिको चरा देखा परेको हो । कोशी वर्ड सोसाइटीका सल्लाहकार बद्री चौधरीका अनुसार कलर्ड आउलेट (अङ्ग्रेजी नाम) नामक चरा कोशिटप्पु कटान देखि पश्चिम तर्फ देखिएको हो।

पहाडी इलाकामा प्राय पाइने यो प्रजातीको लाटोकोसेरो कोशी टप्पुको लागि भने नयाँ चरा हो। सुनसरीको धरान पटनालीको पहाडी भागसम्ममा देखिएको सानो डुनडुल आरक्षमा भने पहिलो पटक देखिएको चौधरीले बताए ।

पन्छिबिद डा. हेमसागर बरालका अनुसार पहाडी भेगमा यो प्राय पाइने चरा हो। जाडोको समयमा खाना र घना जङ्गलको खोजिमा कोशी टप्पुमा आएको हुन सक्ने बरालले बताए । जाडो सक्किदै गएपछि आफ्नै पहाडी इलाकामा फर्कन सक्ने उनी बताउछन्।

डुनडुलको मुख्य आहार पुतली किरा र सानु फिस्टा हो । यसले किरा फट्याङ्ग्रो समेत खाने गर्दछ। यो प्रजातिले चैत बैशाखमा फुल पारेर बच्चा कोरल्ने गर्दछ।जाडो समयमा मध्य पहाडी इलाकासम्म आउने गरेको यो चरा समतल भुभागमा भने निकै कम आउने गरेको बराल बताउछ्न।

कोशी वर्ड सोसाइटीका अनुसार यो प्रजाती थपिएसंगै कोशी टप्पुमा ५२७ चराको प्रजाती पुगेको छ।सोसाइटीले केही दिन अघि चरा अवलोकनको क्रममा २३ वर्ष पछाडि राज गरुड सहित अन्य २ प्रजातिका चरा लामो समय पछि देखिएको जनाएको छ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics