अब ‘वन र वातावरण मन्त्रालय’



आजदेखि वन र वातावरण मन्त्रालय जोडिएर ‘वन तथा वातावरण मन्त्रालय’ बनेको छ । वातावरण मन्त्रालयमा रहेको जनसंख्या भने स्वास्थ्य मन्त्रालयसँग जोडिन पुगेको छ ।

वन र वातावरणसम्वन्धि मुद्दा र अन्तर्राष्ट्रिय सन्धि महासन्धि पनि वन र वातावरणको उस्तै हुने भएकाले दुबैलाई मर्ज गरिएको हो । वातावरण मन्त्रालयमातहतमा रहेको जलवायु परिवर्तन महाशाखा भने अबदेखि जलवायु परिवर्तन विभाग बन्ने भएको छ ।

वातावरण र जल तथा मौसम विज्ञान विभाग पनि यही मन्त्रालयमातहत रहनेछ । वनमा रहेका निकुञ्ज र वन विभाग कायम हुनेछ भने अरू विभाग खारेज हुनेछन् । वनको धेरै अधिकार प्रदेश मन्त्रालयमा गएको छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics