बूढीगंगामा जलयात्रा सुरु



अछामको बूढीगंगा नदीमा जलयात्र सुरु गरिएको छ ।

मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा सुरु गरेको हो ।

उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा सुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताए । देशैभरी विभिन्न नदीर्मा याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो ।

साँफेदेखि चित्रेसम्मको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित एक हजार ५०० रुपैयाँ लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ ।

वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुर्ने याफ्टिङ सेवाले निकै सघाउ र्पुयाउने देखिएको छ ।

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics