राज्यको प्राथमिकतामा परेन विज्ञान प्रविधि


विज्ञान प्रविधिका क्षेत्रमा सरकारले अनिच्छा देखाइरहँदा युवा पुस्ता भने यो क्षेत्रलाई आर्कषण क्षेत्रको रूपमा लिन थालेका छन् । मंगलबार राजधानीको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको डिएनए डेको अवसरमा विज्ञहरूले युवा पुस्ता विज्ञान प्रविधिमा रमाउन थालेको औँल्याएका छन् । प्राध्यापक कृष्णदास मानन्धरले डिएनए दिवसमा अत्यधिक संख्यामा उपस्थित युवायुवतिलाई देखेर चकित भएको जनाए ।

अवसरको खोजीमा नेपालका युवायुवति विदेश पलायन हुँदै गएको बताउँदै उनले युवाशक्ति बिदेशिदा विज्ञान प्रविधि क्षेत्र बिस्तारै ओझेलमा पर्दै गएको जानकारी दिए । मानन्धरले विदेशिन युवाशक्तिलाई नेपालमै रोक्न राज्यबाट विज्ञान प्रविधिमा लगानी र अनुसन्धानको खाँचो रहेको औँल्याए ।बायो टेक्नोलोजी सोसाइटीका अध्यक्ष नविननारायण मुनाकर्मीले डिएनए चुनौतीपूर्ण अवस्थामा रहेको बताए । डिएनए विज्ञानको सबै क्षेत्रमा उपयोग हुन्छ । खाधान्न, स्वास्थ्य लगायतका क्षेत्रमा यसको ठूलो भूमिका रहने मुनाकर्मीले औँल्याए । अब बायो टेक्नोलोजी डिएनए सबैतिर मिल्ने भएकोले यो प्राथमिकतामा परेको छैन् ।


काठमाडौँ विश्वविद्यालयमा बायो टेक्नोलोजी संकाय लिएर अध्ययन गर्दैआएका प्रसन्न कोइरालाले आफु अध्ययन गर्ने विश्वविद्यालयमा बाढी र पहिरोको रोकथाम गर्नका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण अन्तर्गत विभिन्न काम भइरहेको जानकारी दिए । हाइकास्ट कलेजमा कृषि पढ्दै गरेका मुकेश यादवले डिएनएले जिन मोडिफाई गर्न सकिने बताए । उनले आफुले प्राप्त गरेको जानकारी अरूलाई उपलब्ध गराउन पाउँदा खुशी लागेको बताए ।

स्कुल र कलेजका विधार्थीहरुलाई जैविक विज्ञानको बारेमा बुझाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो । काठमाडौँ विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय र नास्ट लगायतको संस्थासँग मिलेर नेपाल बायो टेक्नोलोजी सोसाइटीले यो कार्यक्रम आयोजना गरेको हो ।



दिवसको अवसरमा केही कलेजसहित ११ अन्य निकायले जानकारी मूलक आफ्नो स्टाँल पनि समावेश गरेका थिए ।अप्रिल २४ देखि दुई दिन विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । बायोटेक्नोलोजी क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई अवार्ड पनि दिने आयोजकले बताएको छ ।

डिएनएले रोग पत्ता लगाउनु साथै बिरुवाहरू हजारौँ वर्षसम्म बचाउन पनि मदत गर्दछ ।डिएनएको अहिले अस्पतालमा पनि धेरै प्रयोग हुन थालेको छ । नेपालमा वीर अस्पतालमा सबै किसिमका वंशाणुगत रोग र डिएन पत्ता लगाउन ल्याब सञ्चालन भइरहेकोे छ ।

नेपालको सन्दर्भमा अहिले बोटबिरुवामा पनि डिएनए परीक्षण हुन थालेको भेटिन्छ । नास्ट आफैँले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डिएनए परीक्षण गर्दैआएको छ ।

नेपालमा २००८ देखि निरन्तर रूपमा डिएनए डे मनाउन थालिएको हो । डीएनए डेले जैविक जानकारीको भण्डारण गर्छ । यो नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।डिएनए डब्ल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००३ अप्रिल २५ देखी यो दिवस मनाउन सुरु गरिएको हो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics