चीनलाई उपहार दिइने गैँडा समातिए



एक साता भित्र नै चीनलाई उपहारस्वरुप दिन लागिएको  गैँडा समात्ने  काम सकिएको छ । चितवन राष्ट्रिय निकुञ्जक अनुसार निकुञ्जको पश्चिम सेक्टर  सुकिभार बाट दुई वर्षको पोथी गैँडालाई बिहिबार ११ बजेतिर नियन्त्रणमा लिइएको हो ।

यसभन्दा अघि बैशाख १८ गते पोथी गैंडा नियन्त्रणमा लिइएको थियो । त्यसैगरी बैशाख १५ गते भाले गैंडा नियन्त्रणमा लिइएको थियो । समातिएका गैँडा सबै नै दुई वर्ष सम्मका रहेका छन् ।बाढीबाट उद्धार गरिएको एक भाले गैँडालाई चीन पठाउने प्रस्ताव गरिएको छ । त्यसैले दुई पोथी र एक भाले गैंडामात्र नियन्त्रणमा लिइएको हो   ।

गैँडाको रेकिको काम बैशाख ६ गतेबाट सुरु भएपनि तयारीको साथ भने बैशाख १३ गतेबाट गैँडाको खोजि सुरु भएको थियो । गैँडाको बच्चा चार वर्षसम्म आफ्नो आमासँगै हुने भएकोले लिंग पहिचान गरी नियन्त्रणमा लिन ग्राह्रो भएको अनुभव गैँडा खोजी कार्यमा सलंग्ज प्राविधिकहरूको छ ।

करिब तीन चार महिना खोरमा राखेपछि गैँडालाई चीन पठाउने तयारी रहेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अनुसार ५० जनाको हाराहारीमा टोली गैँडाको खोजी कार्यमा संलग्न छन् ।बैशाख  ४ गते देखि नै नेपालको गैँडाको बारेमा प्रत्यक्ष समातेको हेर्न र थप बुझनको लागि चीनका पशु चिकित्सक नेपाल आएका छन् । चीनको पशु चिकित्सकले चितवन बसेर गैँडा समातेको र अन्य कुराको जानकारी लिइरहेका छन् ।

नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असारमा अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics