गैरीशंकरमा मृगको उद्धार

आइतबार बेलुका ५ बजे गैरीशकर संरक्षण क्षेत्र गौंगर चौकी अपर तामाकोशिको पावर हाउस नजिकैको वनबाट घाइते अवस्थामा भेटिएको एक व्यस्क मृगलाई उद्धार गरिएको छ । उक्त मृगलाई संरक्षण कर्मीहरूले उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा बुझाएका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रका   रेन्जर इन्द्र जङ्ग हमालले मृगलाई आइतबार बेलुका ७ बजे उद्धार गरेर जंगलमा छोडेको बताए ।

१५ केजी हारहारीको रहेको मृगलाई औषधि र उपचार गरि इलाका प्रहरी कार्यालय सिगंटिका सुरक्षा कर्मी, स्थानीय र संरक्षण क्षेत्रका कर्मचारीहरूले सोही ठाउँमा छोडेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics