वन वातावरणलाई १६ अर्ब ५८ करोड

सरकारले आर्थिक वर्ष २०७५।७६ का लागि वन तथा वातावरण क्षेत्रका लागि १६ अर्ब ५८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै वन र वातावरण क्षेत्रको सुधार र विकासका लागि जनसहभागितामा विभिन्न कार्यक्रमहरू अघि बढाउने उल्लेख गरेका छन् ।

वनको वैज्ञानिक व्यवस्थापन गर्दै पर्यापटनको विस्तार गरिने बजेटमा उल्लेख छ । यसैगरी जलवायु परिवर्तनका कारण हिमाल तथा अन्य क्षेत्रमा परिरहेको असर कम गर्न विभिन्न कार्यक्रमहरू पनि घोषणा गरिएको छ ।

बजेटमा स्वच्छ नेपाल अभियानको घोषणा पनि गरिएको छ भने सगरमाथा जस्ता हिमालको सफाइमा विशेष ध्यान दिइने उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics