जेलभित्र भए पनि संरक्षण पुरस्कार

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४९ औं अंश –

मंगलबार , पुस ११

दोस्रो अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताको अवसरमा आज सौराहामा आयोजित कार्यक्रममा होटल एसोसिएसन नेपाल, सौराहा च्याप्टर र मृगकुञ्ज उपभोक्ता समितिले मलाई संरक्षण पुरस्कारबाट सम्मानित गरे। कार्यक्रममा म स्वयं भने उपस्थित थिइनँ। मेरा तर्फबाट प्रमिलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हातबाट नगद तथा प्रशंसा–पत्र लिइन्।

कार्यक्रममा एक जना माओवादी कार्यकर्ता पनि आएका रहेछन्। मञ्चमा प्रमिला र उनी नजिकै परेछन्। उनी ‘कमलजीविरूद्ध गैँडा तस्करहरुले बिटाका बिटा उजुरी दिएका छन्; उहाँले पनि निवेदन हाले माओवादीले छानबिन गरिदिन्छ’ भन्दै थिए रे। ती बिचरालाई के थाहा, म मर्नुपरे पनि माओवादीसँग सहायता माग्नेछैन भनेर।

शिवपुराणमा एउटा कथा छ— पृथ्वीमा बार्‍ह वर्षसम्म पानी नपरेपछि ऋषि गौतम र उनकी पत्नी अहल्या मिलेर तपस्या गर्छन्। तपस्याबाट खुसी भएर वरूण देवताले उनीहरुका निम्ति अखण्ड जलकुण्ड उत्पत्ति गरिदिन्छन्। अन्य ऋषिपत्नीलाई त्यसको ईष्र्या हुन्छ र आफ्ना पतिहरुलाई तपस्या गरेर गौतम ऋषिको विनाश गर्न उक्साउँछन्। ती ऋषिहरुले यज्ञदेवको तपस्या गर्छन् र उनी प्रकट भएपछि गौतम ऋषिको विनाशको वर माग्छन्। यज्ञदेवले त्यस्तो वर दिँदैनन् तर ऋषिहरुको अनुरोधमा आफू बूढी गाई बनेर गौतम ऋषिको कुटीमा पुगेर प्राण त्याग गर्ने कुरामा सहमत हुन्छन्। सोही बमोजिम गाईको मृत्यु भएपछि अन्य ऋषि तथा ऋषिपत्नी पुग्छन् र उनलाई गोहत्याको आरोप लगाएर प्रायश्चित्त गर्न लगाउँछन्। आफूले नगरेको हत्याको दोष लिन गौतम ऋषि बाध्य पारिन्छन्। अनि त्यसको प्रायश्चित्त गर्न तपस्यामा जान्छन्।

म पनि ठीक त्यसै गरी तस्करहरुको षड्यन्त्रमा परेर आफूले नगरेको अपराधको दण्ड–सजाय भोग्न बाध्य पारिएको छु। म गैँडा तस्करीका वास्तविक नाइकेहरुसम्म पुगेर तिनीहरुसँग पौँठेजोरी खेल्न चाहन्थेँ। तर तिनीहरुसम्म पुग्न मुस्किलले केही प्रमाण जुटाइसक्दा नसक्दै तिनलाई प्रयोग गर्न नसकिने अवस्था सिर्जना हुन्थ्यो। थुप्रैलाई पक्राउ गरियो तर असली तस्करसँगको लडाइँ मैले अनुभवै गर्न पाइनँ जस्तो लागेको छ। असली डनसँग पन्जा लडाउन पाएको भए त्यसको मजा अर्कै हुन्थ्यो होला। याक्चे, ताम्लिङ जस्ता तस्करका सरदार भनिएकाहरु पनि अरुले लगाएका मान्छे हुन् जस्तो लाग्छ। गैँडा तस्करीको असली नाइकेसँग लडाइँ गर्ने धोको अझै छँदै छ र पछि–परन्तुसम्म रहिरहनेछ।

न्याय र अन्यायबीचको   यद्धमा न्यायको पक्षमा लडन् पाउनु अहाभोग्य हो    । मरो पखूार्ल परतन्त्रिको   आक्रमणबाट दशेलार्इ जागोउन वीरतापवूर्क लडरे दशेको रक्षा गरको हनुाले ‘कुँवर ’ उपाधी पाएका हनु।    वीर पखूार्का सन्ततिको   नाताले पनि दशेदा्रहेीहरु,    गैंडा तस्करहरुविरूद्ध धम लडनु युद्ध   तिनलार्इ परास्त गर्नमरो  परम  कर्तव्य हो । यो  भगवानले मलार्इ दिएको   सवुर्ण अवसर हो ।

गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ—

यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम्।

सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम्।। ... ... ...

हतो वा प्रप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः।।

अर्थात्, हे अर्जुन, आफैँआफ प्राप्त भएको स्वर्गको खुला द्वार जस्तो यस्तो युद्ध गर्न त भाग्यमानी क्षत्रियहरुले मात्र पाउँछन्। जोसुकैको भाग्यमा यस्तो अवसर हुँदैन। युङ जिते पृथ्वीमै स्वर्ग र हारे स्वर्गको वास अर्थात् दुवै हातमा लड्डु। यस्तो दुर्लभ मौका म कसरी गुमाउन सक्छु?

जसरी महाभारतमा अन्यायले सीमा नाघ्छ र अर्जुनलाई युद्ध गर्न त्यही अन्याय कारक बन्छ, त्यसै गरी हामीमाथि भएको अन्याय मलाई युद्ध गर्न प्रेरक कारण बनिरहेको छ। अझ पछिल्ला दिनमा त कस्तो लाग्न थालेको छ भने मलाई यिनीहरुले अझै पीडा दिऊन्। चरम पीडा, जसले मभित्रको विद्रोह अझै भड्कियोस्; मलाई युद्ध गर्न अझै उत्प्रेरित गरोस्। बाघ महाकालीको वाहन हो; हात्ती गणेशको अवतार हो र वैदिक साहित्यमा गैँडालाई स्वयं भगवान् विष्णुको रुप हो भनेर उल्लेख गरिएको छ। भगवान् श्रीकृष्ण भगवद्गीतामा भन्नुहुन्छ— ममैवांशो जीवलोके जीवभूतः सनातनः। यसको अर्थ हुन्छ सबै प्राणी मेरा सन्तान हुन्। वन्यजन्तु संरक्षणलाई आफ्नो जीवनको एकमात्र लक्ष्य बनाएको मलाई स्पष्ट अनुभूति हुन थालेको छ— श्रीकृष्णले मलाई सारा संशय परित्याग गरेर धर्मयुङ लड्न प्रेरित गरिरहनुभएको छ, अर्जुनलाई झैँ।

पुसको दोस्रो हप्तादेखि नेपाल टेलिभिजनको हस्यव्यंग मूलक कार्यक्रम ‘तीतो सत्य’ मा हाम्रो परिस्थितिसँग मिल्ने कथावस्तु देखाउन थालिएको छ। त्यसमा निकुञ्ज कर्मचारीहरु मरीमरी काम गर्छन् र आफू तथा आफ्ना छोराछोरी र परिवारको भन्दा पनि गैँडाको बढी माया गर्छन्, तर तिनैलाई तस्करहरुले फसाउछन् भन्ने देखाइँदै छ। यसका लागि ‘तीतो सत्य’ टिमका दीपकराज गिरी, दीपाश्री निरौला, दीपक अधिकारी लगायत सबै सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ।

संरक्षक हौ नेपाल आमाका लागिरहू निरन्तर हुन्छ छिट्टै बिहानी सुनौलो, रात त कति रहिरहन्छ र? लक्ष्य पवित्र साहस अदम्य, बढिरहू सधैँ अगाडि सत्य सधैँ विजय–उन्मुख छ, लाखौँ जन छौँ तिम्रा पछाडि।। माया, प्रेम र प्रेरणाले भरिएको लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजकुमार भट्टद्वारा रचित यस्तो उद्गारसहितको कदरपत्र दिई लोथर उपभोक्ता समिति परिवार, सुरदेवी र परेवाश्वरी सामुदायिक वन उपभोक्ता समितिका टोलीले संयुक्त रुपमा हामीलाई माघ १० गते हौसला र सान्त्वना प्रदान गरे। यसैबीच मेघौली उपभोक्ता समितिका साथीहरुले पनि हामीलाई भेटेर फूलमालासहित कदरपत्र दिँदै ऐक्यबद्धता जनाउनुभएको थियो। अनेकौँ आफन्त, परिवारजन, मित्र, कर्मचारीहरु र संरक्षणप्रेमी जनताले जेलमा हामीलाई भेटेर निरन्तर हाम्रो हौसला बढाइरहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics