जेल पछिको खुसी

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ५१औं अंश -



 

कसरा पुग्दा कर्मचारी साथीहरुले पनि फूलमालाले स्वागत गरे। आर्मीका नयाँ कर्णेल प्रमुख सेनानी लवबहादुर खत्री पनि आउनुभएको थियो, हामीलाई स्वागत गर्न। सबै कर्मचारी अत्यन्त खुसी देखिन्थे। त्यही दिन सौराहाका साथीहरुले सानो भोज आयोजना गरेकाले हामी त्यता लाग्यौँ। भोलिपल्ट चैनपुर ससुराली पुगेर भेटघाट गरी हेम्जातर्फ लागेँ। मलाई जतिसक्दो छिटो आमालाई भेट्नु थियो।

सपरिवार घर पुग्दा बेलुका भएको थियो। आमालाई भेटेर म हर्षविभोर भएँ। यो आमाको तपस्याको विजय थियो। उहाँको धैर्यको परिणाम थियो। उहाँको पूजाको प्रसाद थियो। मैले उहाँलाई शिर झुकाएर ढोगेँ अनि सलाम गरेँ उहाँको पूजा, धैर्य र तपस्यालाई।म जेलमै हुँदा आमा बिरामी हुनुभएको थियो। फिसटेल अस्पताल, पोखराकी डाक्टरले तुरून्त भरतपुरको क्यान्सर हस्पिटल लैजान रेफर गरेकी थिएन्। आमालाई लिएर म फागुन २४ गते हेम्जाबाट भरतपुरतर्फ लागेँ। प्रारम्भिक डाइग्नोसिसमा उहाँलाई पाठेघरमा थर्ड बी तहको क्यान्सर भएको रिपोर्ट आयो। अस्पतालका सिनियर कर्मचारीले मलाई एक्लै बोलाएर भने– ‘तपाईंकी आमा धेरै बाँच्नुहुन्न; अब धेरै आशा नगर्नुहोस्।’ तर म कत्ति पनि विचलित भइनँ। आमालाई पक्कै निको हुन्छ भन्ने मलाई पूर्ण विश्वास
थियो।

अस्पतालमा आमाको चेक–जाँच गराइरहेकै बेला फागुन २६ गते वन तथा भू–संरक्षण मन्त्रालयबाट फोन आयो। सहसचिव शिवबहादुर रायमाझीले भन्नुभयो– ‘मन्त्रालयले तपाईंलाई चितवन राष्ट्रिय निकुञ्जको का.मु. चिफ वार्डेनबनाउने विचार गरेको छ; तपाईंको सोच के छ?’ मैले केही साथीहरुसँग सल्लाह गरेर भोलिपल्ट ‘हुन्छ’ भनिदिएँ। मेरो कामको कदर गर्दै मन्त्रालयले
त्यसो गर्न खोजेको थियो होला। आमाको उपचार गराउन केही महिना त्यहीँबस्नुपर्ने भएकाले पनि त्यो प्रस्ताव मेरा लागि स्वीकार्य थियो। का.मु. चिफ वार्डेन भएपछि मेरो भूमिका बदलियो। अब मैले फिल्डमा गएर सिकारी र तस्कर पक्रनुको सट्टा अफिस सम्हाल्नुपथ्र्यो।

संरक्षण कार्यलाई नेतृत्व गर्नुपथ्र्यो र अर्धन्यायिक निकायको प्रमुखका रुपमा अपराधीहरुको मुद्दामा फैसला गर्नुपथ्र्यो। मैले गर्दै आएको फिल्डको काम सहायक वार्डेन अणनाथ बराल लगायत साथीहरुले उत्तिकै जोस र तत्परताका साथ सम्हाल्नुभयो। मैले भरमग्दुर प्रयास गर्दा पनि बारा, डुमरवानाको खुँखार गैँडा सिकारी हरिबहादुर विकलाई पक्रन सकेको थिइनँ। म जेलमै छँदा एक दिन आइल्यान्ड क्षेत्रमा गैँडा म¥यो भनेर कसराबाट फोन आयो। मैले सोधेँ– ‘पोस्टमार्टममा कस्तो गोली बरामद भएको छ?’ जबाफ थियो– ‘एसएलआर।’ अनि मैले भनेँ– ‘तुरून्तै हरिबहादुरलाई पक्रनुप¥यो।’ बाराको सशस्त्र प्रहरीसँग सहयोग लिएर पक्राउ गर्न जाँदा ऊ घरबाट भागेछ तर साथीहरु उसलाई लखेट्दै एउटा खोल्साबाट पक्रन सफल हुनुभएछ। यो खबर जेलमै पाउँदा म खुसीले
गदगद भएको थिएँ।

उसैले दिएको बयानका आधारमा पछि रमेश पाइलट (रमेश पोखरेल) पनि पक्राउ प¥यो र ऊविरूद्ध फागुन २७ गते मुद्दा दायर भयो। सेनाको एक जमदार माधव बुढाथोकीले आधाभारको ब्यारेकबाट चोरेर एसएलआरको गोली उसलाई दिँदो रहेछ र उसले त्यो गोली सिकारी वीरबहादुरलाई उपलब्ध गराउँदो रहेछ। गैँडा मारेर अथवा अन्य तस्करबाट पाएको खागचाहिँ रमेश पाइलटले मनाङे  टासीलाई र टासीले कालु मनाद्धे अर्थात् कालु गुरूङ लाई बिक्री गर्दा रहेछन्। याक्चे र ताम्लिद्ध जस्तै कालु मनाद्धे पनि उपल्लो तहको खाग तस्कर रहेछ।

का.मु. चिफ वार्डेनका रुपमा मैले चितवनमा २०६३ साल चैतदेखि २०६४ साउनसम्म काम गरेँ। यस अवधिमा तेत्तीस जनाभन्दा बढी चोरी सिकारी र तस्कर पक्राउ परे। गैँडाको चोरी सिकारमा पहिलेको तुलनामा स्वात्तै कमी आयो। २०६२ चैतदेखि २०६३ साउनसम्म आठ वटा गैँडा मारिएकामा म का.मु. चिफ वार्डेन भएको त्यही अवधिमा एउटा पनि गैँडा चोरी सिकारीले मार्न सकेनन्।तस्कर र तिनका संरक्षकहरुले मेरो खुट्टा तान्ने र मविरूङ विभिन्न षड्यन्त्र गर्ने काम जारी राखेकै थिए, तर साथीहरुमा जोस, जाँगर र उत्साह जगाउन सकेकामा मलाई निकै सन्तुष्टि मिल्यो।

यसैबीच मैले निकुञ्जको इजलासमा बहस गर्ने–गराउने परिपाटी पनि प्रारम्भ गरेँ। रेडियो र केमो थेरापीका अनेक कष्ट झेल्दै आमाले साढे तीन महिनामा स्वास्थ्य लाभ गर्नुभयो। उहाँलाई घर फर्काएपछि मैले चितवन बस्नुको खास उद्देश्य पनि एक प्रकारले पूरा भइसकेको थियो। त्यसमाथि गैँडा संरक्षणबारे आफ्ना अनुभव समेटेर पुस्तक लेख्ने र प्रकाशन गर्ने अठोटले अत्यन्तै हुटहुटी
लगाएपछि मैले वन तथा भू–संरक्षण मन्त्रालय, काठमाडौँमा सरूवा मागेँ र चितवन छाडेर राजधानी आएँ।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics