‘वायु प्रदूषणले बोल्ने क्षमता घटाउछ ’


वायु प्रदूषणले मान्छेको सोच्ने क्षमता कमजोर बनाउनुका साथै बोल्ने क्षमतामा पनि ह्रास आएको एक अध्ययनले देखाएको छ। अमेरिका र चीनको संयुक्त अध्ययनअनुसार वायु प्रदूषणका कारण मान्छेको मस्तिष्कले अनूभुति गर्ने तथा स्मरण क्षमता कमजोर बनाउने गर्छ ।


अनुसन्धानकर्ताले चीनका २० हजार व्यक्तिमा ४ वर्ष अनुसन्धान गरेर उक्त तथ्य सार्वजनिक गरेका हुन्। उमेर बढेसंगै वायु प्रदूषणको असर पनि बढ्दै जाने र विशेषगरी पुरुष, कम अशिक्षित, वृद्ध व्यक्तिको सोच्ने क्षमतामा ह्रास पुर्याउने अध्ययनले देखाएको छ।


अमेरिकी जर्नल नेसनले एकेडेमी अफ साइन्समा सोमबार प्रकाशित अध्ययनले वायु प्रदुषणलाई गम्भिर समस्याका रुपमा व्याख्या गरेको छ ।
अध्ययनअनुसार विश्वमा शहरी क्षेत्रमा बसोबास गर्नेमध्ये ८० प्रतिशतभन्दा बढी वायु प्रदूषणबाट असुरक्षित छन्। विश्व स्वास्थ्य संगठनको पछिलो अध्ययनअनुुसार विश्वका २० शहर मध्ये भारतका १४ शहर वायु प्रदुषणमा पर्दछन् । काठमाडौ पनि एसीयाको प्रदूषित शहरको सूचीमा पर्दछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics