संकटमा सालक
- निराजन पौडेल
 
                                                        
विश्वमा ५ मिनेट फरकमा एउटा सालक मारिन्छन् । काठमाडौ प्रहरी अनुसन्धान व्युरोले साउनको पहिलो साता मृत सालक सहित दुई जनालाई प्रक्राउ ग¥यो । काठमाण्डौ महानगरपालिका बनस्थलीबाट सालक बिक्रि गर्न लागेको अबस्थामा दुई जनालाई पक्राउ गरेको थियो ।
यो त एउटा प्रतिनिधी घटना मात्रै हुन् । पछिल्लो समय सालकको खपटा जफत हुने क्रम बढेको छ । सालक मारिने र बिक्रि हुनेक्रम २०६९ देखि २०७५ को साउन मसान्तसम्म सालकको खपटा मात्रै १०० केजी जफत गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान व्य्ुरोका वन्यजन्तु विभागका प्रमुख डिएसपि अनुपम रानाले जानकारी दिए ।
>समातिएको मध्ये खपटा सहितको छाला ५ थान, जिवीत सालक दुई थान र मृत सालक १ थान समातिएको प्रहरीले जनायो । प्रहरीले १८ वटा अपरेशनमा २९ महिला र ५ पुरुष पक्राउ परेको केन्द्रिय अनुसन्धान व्युरोले जनायो । पछिल्लो १० वर्षमा विश्वमा १० लाख सालक मारिएको आईयुसियएनको तथ्याङक छ ।
प्रत्येक ५ मिनेटमा विश्वमा एउटा सालक मारिने गरेको सालकविज्ञ अम्बिका खतिवडा बताउँछन् । उनको अनुसार सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । विश्वभर सालकको तस्करी बढेपछि साईटिस अभिसन्धिले अतिसंकटापन्न वन्यजन्तुको अनुसुची २ बाट १ मा राखेको छ । सालकको तस्करी चीनमा हुने भएकाले पछिल्लो समय सालक तस्करीको ट्रान्जिट प्वाईन्ट नेपाल रहेको खतिवडा बताउँछन् ।उनको अनुसार एक वेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्यु दर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकोले प्राकृतिक रूपमै यसको संख्या कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।
नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । सालकको दांँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ । यसको रंग माटोसँग मिल्दोजुल्दो हुन्छ । कतैबाट आक्रमण भयो भने यो भाग्दैन तर भकुण्डोको आकारमा गुडुल्किएर बस्दछ । कसैलाई आक्रमण नगर्ने, भाग्न नसक्ने, सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुने भएकोले तस्करहरूले सालकलाई सजिलै समाउन सक्ने विज्ञ खतिवडा बताउँछन् ।
चीनमा सोखको रुपमा धनीहरुले सालकलाई प्रयोग गर्ने गर्छन् । चीनमा धनीहरुले सालकको खपटालाई सजावट र मासुको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । विश्वमा ८ प्रजातीको सालक पाईन्छ ति मध्ये दुई प्रजातीको सालक नेपालमा पाईन्छ । नेपालमा चीनीया सालक र ईन्डियन सालक पाईने गरेको छ । तराई र पश्चिमी भूभागमा ईन्डियन सालक पाईने गरेको छ भने २ हजार ५ सय मिटर उचाईसम्म पूर्वदेखि रोल्पा सुर्खेत क्षेत्रमा चीनिया सालक पाईने गरेको छ । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
विश्वमा पाइने आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति– कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन र तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन नेपालमा पाइन्छ । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ ।
 तथापि अहिले त्योभन्दा पनि बढी नाजुक अवस्थामा रहेको चिन्ता विज्ञहरूले व्यक्त गर्दछन् । सालकको मुख्य आहारा धमिरा हो । यसले कमिला लगायत अन्य साना कीराहरू पनि खाने गर्दछ । एउटा सालकले एक वर्षमा सरदर सात करोड धमिरा लगायत कीरा फट्याङ्ग्राहरू खाने विज्ञहरू बताउँछन् ।
मानिसलाई हानिनोक्सानी गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने भएकोले सालक मानव समुदायका लागि निकै हितकारी मानिन्छ । अझ बालीनालीमा लाग्ने धमिरा तथा कीरा फट्याङ्ग्रा खाई कीराको प्रकोप कम हुने, यसले अन्नबालीलाई कुनै नोक्सान नगर्ने र प्राकृतिक रूपमा जमीनको उर्वराशक्ति बढाउने भएकोले यसलाई कृषकको मित्रको रूपमा पनि लिने गरिन्छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीहरूलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० हजारदेखि ७५ हजार रुपियाँ जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस