सालको काठ तस्कर पक्राउ



कैलालीमा अवैध रुपमा सालको काठ काट्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

टिकापुर नगरपालिका –१ स्थित एकतानगर शिविर नजिकै जंगलमा अवैध रुपमा सालको रुख काटिरहेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो।

पक्राउ पर्नेमा जानकी गाउँपालिका – ७ चिलिमचौराह बस्ने २० वर्षीय डिल्लीराज चौधरी रहेका छन्।

विशेष सूचनाको आधारमा जंगलमा लुकिछिपी बसेका करिब २० जनाको समूहले होहल्ला गर्दै ढुंगामुढा समेत गरी अवरोध सिर्जना गरेकोले प्रहरीले हवाई फायर समेत गरी रुख काट्न प्रयोग गर्ने हाते आरा सहित चौधरी पक्राउ परेका थिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics