१२ वर्ष पछि काठमाडौँ उपत्यकामा हिमपात


पश्चिमी वायुका कारणले देशको अधिकांश भेगहरूमा हिमपात तथा वर्षा भइरहेको छ ।

त्यसको प्रभावले काठमाडौँ उपत्यकामा पनि १२ वर्षा पछि हिमपात भएको हो।

उच्च हिमाली भेगहरूमा केही दिन देखि लगातार असिना पानी र कतिपय स्थानहरूमा भारी हिमपात भइरहेको छ ।

मनाङ, मुस्ताङ, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा गएको केही दिन देखि लगातार हिमपात भइरहेको छ । हिमपातले त्यहाँको जनजीववन प्रभावित सँगै चिसोको कारणले चौरी गाई मर्न थालेको स्थानीयले बताएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा झण्डैं १२ वर्ष पछि हिउँ देखिएको स्थानीयले बताएका छन् ।गोदावरी, भक्तपुर, चापागाँउ,बनेपा,चन्द्रागिरी लगायत क्षेत्रमा बिहानै देखि भारी हिमपात र तराईका कतिपय जिल्लाहरूमा असिना पानी बर्सिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखका अअुसार वि.सं।.२०६३ साल फाल्गुन २ गते काठमाडौँ उपत्यकामा हिमपात भएको थियो । त्यसको थिक १२ वर्षा पछि २०७५ फाल्गुन १६ गते बिहीबार उपत्यकाको पूर्वी भूभाग र उपत्यका वरिपरीका डाँडाहरुमा हिमपात भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics