आज अन्तर्राष्ट्रिय वन दिवस
- नेचर खबर
 
                                                        
‘वन र शिक्षा’ नाराका साथ बिहीबार विश्वभर नै अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ ।
वन तथा वातावरण मन्त्रालयको नेतृत्व र विभिन्न संरक्षण साझेदार संस्थाहरूसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी नेपालमा पनि यो दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर शक्ति बहादुर बस्नेतले कोटेश्वर मनोहरा नदी नजिक ६ फिट भन्दा अग्लो बिरुवा रोपेका छन् ।
वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र वन अनुसन्धान तथा प्रशिक्षण लगायतले वन दिवसको अवसरमा बिहानै हिउँदे वृक्षारोपण कार्यक्रममा आयोजना गरिएको हाे ।

वन दिवसको उपलक्ष्यमा सरकारी तथा गैरसरकारी संस्थाहरूले वृक्षारोपण,र्याली र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घ महासभाले २१ मार्चलाई अन्तर्राष्ट्रिय वन दिवस मनाउने निर्णय गरे पश्चात् हरेका वर्ष वनको महत्त्वको बारेमा जनचेतना फैलाउने उदेश्यले विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउने गरिएको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस