१२ तस्बिरमा हेर्नुहोस् हुरीको बितन्डा (फोटोफिचर)

A+ A-

आइतबार राती बारा र पर्सामा आएको विनाशकारी हुरीका कारण २७ जनाको निधन भएको छ। सोही हुरीका कारण ७ सय भन्दा बढी मानिस घाइते भएका अधिकारीहरुले जनाएका छन्। भीषण हावाहुरीबाट बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका छन्।घाइतेहरु मध्ये धेरैको उपचार वीरगञ्ज र बाराको कलैयामा भइरहेको छ। बारामा १० महिला, ११ पुरुष र ५ बालबालिकाले ज्यान गुमाए।

घाइते ३ सय ४३ जनामध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ।

प्रदेश २ सरकारको सोमबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारलाई तीन लाख र घाइतेको उपचार खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि ७ जना घाइतेलाई काठमाडौंको टिचिङ अस्पताल भर्ना गरिएको छ।

विभिन्न सञ्चारमाध्यमबाट साभर गरिएको हेरौं १२ तस्बिरमा हेर्नुहोस् बारामा हुरीको बितन्डा :























प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics