लाङटाङ : भालुको आक्रमणबाट ६ वटा मानवीय क्षतीको घटना



लाङटाङमा चालु आर्थिक वर्ष २०७५/७६मा  ६ वटा मानव क्षतीको घटना भएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको अनुसार यो वर्ष ६ वटा मानव क्षतीको घटना भएको हो।

६ वटा मानवीय क्षतीको घटनामा ४ जना गम्भीर घाइते, एक जना सामान्य घाइते र एकजनाको मृत्यु भएको छ ।

६ वटा नै मानवीय घटना भालुको आक्रमणबाट भएको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर अजित पराजुलीले जानकारी दिए ।

६ जना नै वन्यजन्तु पीडितले राहत भने पाइसकेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा ७ जना भालुको आक्रमणबाट मानवीय क्षती भएकोलाई राहत दिएको छ ।

७ वटामा ६ वटा घटना यो अर्थिक वर्षको रहेको छ भने एउटा भने पुरानो रहेको निकुञ्जले जनाएको छ ।

भालुको आक्रमणबाट मृत्यु भएको महिन कुमारी न्यौपानेको छोरालाई १० हजार रुपैयाँ राहत दिएको छ । त्यस्तै पीडित होम नाथ धिमिरेलाई ५ हजार रुपैयाँ राहत पाएका छन् ।

रेसम कुमार घिमिरे ५ हजार, तेन्जी वाङ दी तामाङ ५ हजार , दावा फिन्जी तामाङ १५ हजार , पूर्ण बहादुर तामाङलाई एक लाख र कसाङ तामाङले २० हजार रुपैँया राहत पाएका छन्।

७ जनामा वन्यजन्तुका आक्रमणबाट दुईजनाको मृत्यु र ५ जना घाइते भएका हुन ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका पूण बहादुर तामाङ उपचार खर्च १ लाख राहत पाएपछि मृत्यु भएको थियो ।

भालुको आक्रमण पछि डराउने, झस्किने र मानसिक रूपमा धेरै पीडाको कारण पूर्णको मृत्यु भएको  रेन्जर  पराजुलीका  बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics