जडिबृटि उपयोगिताको लागि परम्परागत ज्ञान :मन्त्री बस्नेत



वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जडिबृटि उपयोगिताको लागि परम्परागत ज्ञानलाई ध्यान दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।

वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उनले जडिबुटीको उपयोगिता र संरक्षण सम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्नुपर्नेमा जरुरी रहेको बताए ।

“राज्यको एकल प्रयासले मात्र यो अभियान सम्भव हुँदैन, निजी क्षेत्र र सम्पूर्ण नागरिकको सहकार्यमा काम गर्नुपर्छ”, मन्त्री बस्नेतले भने ।उनले आगामी दिनमा थप जिम्मेवारीपूर्वक र मेहनेतका साथ वनस्पति संरक्षण र विस्तारसँगै अनुसन्धानमा निरन्तर लाग्न विभागका कर्मचारीलाई आग्रह गरे ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले जडीबुटी खेतीतर्फ जनसाधारणलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यत गरे ।विभागका महानिर्देशक सञ्जिवकुमार राईले नयाँ प्रविधि र सोचका साथ वनस्पितिको संरक्षणका लागि विभाग निरन्तर लागिरहेको जानकारी दिए ।

कर्णाली प्रदेशलाई जडीबुटी जोन घोषणा गरिएको विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी दिए । हाल नेपालमा सात सय प्रजातिका वनस्पति छन् । वनस्पति क्षेत्रको खोज, अनुसन्धान र प्राध्यापनमा पु¥याउनु भएको योगदानको कदर गर्दै यसवर्षको राष्ट्रिय वनस्पति पुरस्कारबाट वनस्पति विभागका प्रोफेसर डा सङ्गिता राजभण्डारीलाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ठ काम गर्ने छ कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । यस वर्षको नारा ‘वनस्पतिको उपयोग र व्यापार समृद्विको आधार’ रहेको छ । विभागका वैज्ञानिकले गतवर्ष साबुन बनाएका थिए भने यसवर्ष जुम्ला र कोसी नाम गरेका अत्तर बनाएका छन् ।

आगामी वर्ष तराई क्षेत्रमा बढी उपयोग हुने लामखुट्टेको टोकाइबाट बच्ने औषधि बनाउने विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics