बधशालाको सहिद

A+ A-





एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला लगाएर भव्य स्वागत गरिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि ती बुज्रुक पढालेखा मानिसले गोरुगाढामा चढेर रमाइलोसँग तराईको दृश्य नियालेको खबर पत्रिकाले पहिलो पानामा सचित्र छापिदियो ।

चिकेनलाई करेन्ट लगाइरहेको, तिनलाई समातेर त्यो मेसिनमा फालेको दृश्य देखेर उनी सेल्फी खिच्दै रमाइरहेका थिए । म छेउमा बसेर ती गोरुका पसिनाका धारा देखेर त्यो टट्यानपुर घाममा तिर्खाएका गोरुको वेदना सुन्दै थिएँ । त्यो अवाक चिच्याहटमा म अवाक टोलाइरहेँ । हुन त तिनले राँगालाई तातो घाममा निर्दयी तरिकाले कोर्रा लगाउँदै जोतिरहेको दृश्यलाई पनि नियालेका रहेछन् । तिनलाई मजा आयो रे, हेडलाइन न्युज रहेछ । कत्रो सम्मानपूर्वक अफिसमा तिनको सम्मान भयो । सुशासन र असल अनुशासन सिकाउने पाठशालामा उनैलाई सम्मान गरिने भएछ ।

उनले जतिसुकै हिंसात्मक दृश्यमा आनन्द लिएका भए पनि उनलाई यो दुनियाले हिंसाप्रेमी भन्न मान्दैन । नास्ता आयो, बफ आइटमले इज्जतमा दाग लाग्ला भनेर उनलाई विशेष आइटमका रूपमा कालिजको मासु र विशेष ननभेज परिकार टक््रयाएको खबरलाई अर्को राष्ट्रिय पत्रिकाले प्राथमिकताका साथ छापेछ । तिनको चर्चा देशविदेशमा हुने नै भयो । उनको घरलाई फलपूmलले सजाइए पनि किचनमा भेज आइटम थिएन । तर, ढोकादेखि बेडरुमसम्म मासुका कुनै न्यु आइटमको साजसज्जाले सजाइएको थिएन । तिनले पत्रिकालाई छापिदिएकामा बधाईका साथ पाँच लाख इनाम दिएछन् । त्यही पत्रिका पढ्दै मटन फ्राइमा चुस्की लगाउनेका बिचमा चिकेन करीको डिमान्ड सुनियो ।

म भेज खाना खाने भनेर गएँ, होटेलवालाले अन्डा र चनालाई एउटै भाँडामा एकै पटक उसिनेर एउटा पिउर भेज मान्छेका लागि एक पिलेट चना टक््रयायो । हरेक होटलमा मासु र रक्सिको चुस्कीमा युवायुवती रमाइरहेका दृश्य रहेछन् । म कम्तीमा पचासवटा जति होटलमा भेज खानाको अपेक्षामा विशेष खानाको थुक निल्दै, सित्तैमा बास्ना लिँदै बाहिरिएँ । बिचरो म, टोल्हाएर बल्ल एउटा तन्दुरी होटलमा पसेर जे पर्ला भन्दै मेन्यु पल्टाउन थालेँ । निष्कर्षमा म पानी र भेज चक्लेट अनि भेज बिस्कुटलाई चपाएर भुँडी देवाय नमः गर्दै घरतिर फर्केँ । मलाई बधशालामा बुद्धका बारेमा बुझ्न खुब मन लाग्यो । मैले त्यसको केही दिनमै एउटा निकटका मित्रको विवाहको भोजमा सामेल हुनुपर्ने भयो । जानुपर्छ, निमन्त्रणा कार्ड कम्तीमा ५०० पर्दो हो । तर म नजिकैको मित्र छु भन्ने पनि छ ।

पार्टीको रमझमसँग मेरो प्रवेश, टीका भेटीपछि भोजन परिकारको लामो टेबलमा झुम्मिरहँदा म त्यतै मोडिएँ । कोही ठोसमा तरलसँग कोही ठोस जबर्जस्तीसँग तरललाई नचपाइ निलिरहेका । मैले देखेँ, त्यहाँ दाँत कोट्याउनेमा तिनै बुज्रुक पनि रहेछन् । म त्यो भिडमा अब एक्लो रहेँछु । थाहा भो मेरा लागि जे बनाइए पनि अपूरै भयो । म माछाका परिकार, खसीको मासु, बङ्गुरको सुकुटी अनि पेयमा बियरका ब्रान्डेड मात्र । म त्यसै भिडबाट फुत्किनै लाग्दा कसैले समातेर भन्यो, “सर यो भेज आइटम ।”

म अवाक भई घोरिइरहेँ त्यो थालको एक छेऊमा तारेको माछा रहेछ । सोही तेलमा माछा निकालेपछि आलुको स्पेसल फ्राइ । म पेट भरिपूर्ण भइसकेको र अलिकति पनि थप्न नसक्ने भएकाले सरी भन्नु परेको सुनौलो नाटक गर्दै थिएँ । मेरो पेटको घुरघुरसँगै म काम खासै नभए पनि व्यस्त भएको भन्ने उत्तर दिँदै बाहिरिएँ । आफ्नो अधिकारको कुरा गर्न सक्ने मैले प्राणी अधिकारको आवाज उठाउने अठोट गर्ने निधो गरेँ । म हज्जारौँको अल्पमतमा रहेर कुर्लिएँ । झापड हान्नेको एउटा विशाल महाकायलाई दुनियाले समर्थन जनाइरहे । युगमा अलिकति सोच पलायो । मलाई थाहा भयो कैयौँ संस्थाहरू बजारमा रहेछन् ।

अहिंसावादी धर्मावलम्बी मात्र होइनन् विज्ञान र आधुनिक अनुसन्धाता डाक्टरले मानव शरीरसँग प्राकृतिक आहारको आवाज बुलन्द पार्दै प्रमाणीकरण गरिरहेका थिए । मलाई एक्लो रहेनछु भन्ने अनुभूत पनि भयो तर यो संख्या सूक्ष्म आकृतिमा चिच्याइरहँदा बिचरा भन्ने आवाज सुनिन्थ्यो । कसैका लक्ष्य केही कसैका केही, मेरो लक्ष्य मेरो एउटा लेख या त निबन्ध छापिनेछ । म पत्रिकाका पानामा देखिन्छु । मैले अलिकति पैसा पाउँछु अनि शाकाहारजन्य सब्जी किनेर एक छाक टार्छु । प्रकाशन भएपछि फेसबुकमा प्रदर्शन गर्नेछु । त्यहाँ नपढी मन पराउने अनि पढेर प्रतिक्रियाको अल्पमतमा म चित्त बुझाउनेछु । कतिले मलाई आँखी बनाएर घुरेर हर्लान्, क्षमा चाहन्छु, म मानिस तपार्इँ मानिस । हामीसँग उच्च बौद्धिकता छ। मानवतालाई पस्केर आपूm बाँच्ने र प्रकृतिको उपहारलाई जोगाउने खुबी छ ।

जलवायु परिवर्तनको असरलाई जन्माउने मात्र होइन घटाउने सक्षमता छ । आक्रामक जङ्गली हात्तीलाई उतै अल्मलाउने, अड्याउने अनि सबैलाई सुरक्षित राख्ने क्षमता छ । यसो भनिरहँदा म बधशालाका सहिदको कारुणिकतामा अन्धो मानव रूपमा हिंसात्मक क्रुरता देख्छु, स्वार्थको पाको, पैसाको धोको देख्छु । मानवता शून्य जमातमा मैले पाशविक पशुसंहारकको जिब्राको तृष्णालाई नियालिरहन्छु । म अवाक छु ।

मैले पीडादायी खबर सुनेँ, मानिसले न्याय नपाएका कारण आन्दोलन गर्नुप¥यो रे । न्यायिक संयन्त्रमा मान्छेले आवाज उठाइरहेको देखेर एकजना मासु पसलेले गाडामा सेकुवा बेच्ने उद्देश्यसँगै आज राम्रै दाम कमाउने आशा बोकेको छ । अभैm लामो आन्दोलनको आशा पोखिरहेको छ । अहो दलित, महिला मुक्तिका आवाज, हिंसा विरुद्धका चर्का नारा छन् । एउटा मान्छेले अर्को मान्छेलाई हेपेको छ रे । कसैलाई त आरक्षण कोटा दिएर भए पनि सिधै ठूलो पोस्टमा पो लानुपर्छ अरे । तर प्रश्न उठ्यो, आखिर हिंसा भनेको मानवको रोजीरोटीका लागि जथाभावी गरेर पाउने पैसा र कमाउने बाटो मात्रै हो ।

म भक्कानिएँ– के दैनिक बधशालामा चटाचट काटिएका, भाला रोपिएर मारिने, घाँटीमा छरर रगत निकालेर, निमोठेर, करेन्ट लगाएर मारिने निरीहको रगतको मूल्य हुँदैन ? रगतको मूल्य त तिनको छ, भान्छामा तेल, मसला हालेर डाइनिङमा, गुन्द्रीमा, आँगनमा.....स्वाद लिनलाई । अहो ! तिनको शरीर शरीरै होइन ? ए मान्छे, तिमी आपूmलाई कति महान् ठान्छौ । तर, कहाँ छ तिम्रो मानवीय भावले भरिएको हृदय । लाग्छ, अचानाको पीर खुकुरीले जान्दैन भन्ने उखान सायद मासुको आशमा जिब्रो लपलपाउनेको आवाज हुँदो हो ।

मानव अधिकारका ठूला ठूला न्यायिक संयन्त्रको बिचमा म हाँसको बथानमा बकुल्लो बन्दै प्राणी अधिकारको आवाज उठाउन कलम समाउन खोज्छु । म न्याय नपाए गोरखा जानु भन्ने उखानसँग मानवको नियमलाई सम्झन्छु । कत्रा कत्रा संविधानका ठेली बोकेर आज मान्छेले मानवीय संवेदनाका आवाजलाई बोकेर सडकमा कुर्लनु परेको दृश्य आँखा अघिबाटै नियाल्छु । देशमा त लोकतन्त्र, गणतन्त्र, नयाँ नेपालका कुरा हुन्छन् । भव्य सभामा टाइ, कोट, सुटसँगै माछा, चिकेन चिल्लीको साथमा रक्सिको परिकारसँग कामदार व्यस्त हुन्छन् । म सडकका माग्दै हिँड्ने मानिसले चाहेर मागेको होइन भन्ने तर्क बोकेर फलाक्दै हुन्छु ।

त्यहाँ एउटा कुकुरले अर्को कुकुरसँग झुत्ती खेलेको अनि निर्धोलाई क्रुरतापूर्वक हेपेको देख्छु । आफ्नो क्षेत्रमा अर्को अनुहार देखिसक्दा झम्टने, टोक्ने, सबै लागेर निर्मम तरिकाले मार्नेसम्मका दृश्य देख्छु । लाग्छ, यसै कारण तिनलाई पशु भनियो । म मान्छेतिर मोडिन्छु... लाग्छ, के सबै पशुमा संवेदनहीनता छ ? मेरा दिमागमा जिक्ज्याक विचार जन्मिन्छिन्, आज गंगामायाजस्ताका एकल आवाजले छोरोको हत्यारालाई पक्रिदेऊ भन्दा श्रीमान्को वियोगको थप वेदना बोकेर वीर हस्पिटलमा आँसु बहानुपरेका आवाज कैयौँ होलान् । उनका जस्ता कैयौँ विलौनाहरू दूरदराजमा त्यसै त्यसै मक्काएका होलान् । सञ्चारले पनि सुविधायुक्त स्थानका आवाजलाई, ठूलाठालुका विचारलाई, सम्भ्रान्त वर्गलाई ग्राह्यता दिन्छ । म जस्ताले त जति ठूला कुरा गरे पनि, जति कायापलट गर्ने विचार र रोडम्याप अघि सारे पनि अनि मन्त्रीका भाषण जति कमसल गुणको भए पनि कुरा इज्जतको हुन्छ ।

मलाई थाहा छ, म यो देशको वरिष्टतम् मान्छे होइन, म प्रा.डा. अघि राख्ने हैसियतको बौद्धिक वर्गको होइन । म सशक्त आवाजको प्रतिनिधित्व गर्ने सम्मानित व्यक्तित्व होइन । न त म प्रतिष्ठाले पहुँच जमाएर कुर्लने शक्ति भएको मान्छे नै हुँ ! सहयोग नपाउनेको पक्षमा कति घाउ दुःखिरहेका छन् । मैले पनि सङ्क्रमणकालीन पीडामा छटपटाएका आवाजलाई नजिकैबाट नियालेँ । सशस्त्र द्वन्द्वमा बलिका बोका बनेका १९ हजार कमसल नेपालीको परिवार र तिनको वेदना नेपालले ठूलो उपलब्धी पाएको अरे । अहो, मारेको रगतको छिटाबाट कोरिएका कथा आजको उपलब्धी अरे नि त । म कथै कथाको विसङ्गत समाजको बेखुसी दौडधुप नियाल्छु । सहिद परिवारले सरकारबाट दश दश लाख पाउने भयो रे ।

देशले परिवर्तनको लगाम पक्रेपछि म बाहिर निस्केँ । रोडको बिचमा एउटा कुकुरलाई गाडीको पाङ्ग्राले नराम्ररी किच्याएर मारेको रहेछ । त्यहाँ मान्छेको ठूलो भिड देखिने कल्पनै गर्नुपर्दैन । अलि पर्तिर एउटा दाम्लोमा बाँधिएको निकै बलियो खसीलाई तौलँदै गरेका मानिसहरूको भिड देखिन्छ । कसले कति के.जि. लैजाने बहस चलिरहँदा कतिले ठूलै उपलब्धी पाएको महसुस गरिरहेका हँदा हुन् । मेरो मनले भन्दै थियो, ए मान्छे, तिमीमा अलिकति मानवता छ ? आफन्त बित्दा मलामीको भीड हुन्छ, मान्छेले कत्रो रोइकराइ गर्छ । तर, त्यो मानिसको अट्टहासका बिचमा एउटा प्राणीको अन्त्येष्टि बनिबनाउ ढङ्गमा हुँदै छ । बच्चालाई चीची पापा खुवाउन सिकाइँदै छ । त्यहाँ बच्चाले त्यही खसीलाई मायाले, बडो प्रेमले मुसारिरहेको छ, म्वाइँ खाइरहेको मित्रवत् संसार छ । कति प्रेम छ, त्यो अबोध खसीले बच्चालाई प्रेमपूर्वक स्नेहभावलाई पोखिरहेको छ । जिस्किएको छ ।

त्यो दृश्यको विरोधसँग कैयौँ बाख्राहरू भेला भएर मानिसको ज्यादति माथि प्रश्न गर्दै थिएनन् । न त गाडीले किच्याएको कुकुरलाई सहिद घोषण गरियोस् भन्ने आवाज बुलन्द हुँदै थियो । त्यो आवाज मुक भाषामा बिना कारण शोषणसँग सजिएर पनि नगन्य छ । त्यहाँ कानुनी अधिकारलाई पल्टाएर विश्लेषण गर्ने अदालतका कर्मचारी वर्गले कराइरहेका थिएनन् । त्यहाँ कुनै पत्रकार पत्रिकाका पहिलो पानामा प्रकाशन गर्ने गरी फोटो खिच्दै तँछाड मछाड गरेर सक्दो छिटो समाचार पस्कने होडमा थिएनन् । कुनै सुइँको सम्म पनि छैन । त्यहाँ वकिलहरूबिच बहस भएको थिएन । न त तातो तातो ताजा समाचार बनेर दुनियामा भाइरल भइरहने अवस्था त्यहाँ थियो । टेलिभिजनमा त्यो दृश्यलाई प्रत्यक्ष प्रशारण गरिने छैन, त्यो पनि सत्य नै हो ।

मैले सोचिरहेँ, मोटरबाइकमा उँधोमुन्टो पारेर खुट्टामा कसिएका कुखुराको भिडबाट चिच्चाएको रोदनसँग मानिसको गाँस, बास र कपासको जोहो हुन्छ । करोडौँ प्राणीको निर्मम हत्या गर्ने विशाल कारखनाका भयङ्कर बिल्डिङ, बङ्गला, कामदार, बैँक ब्यालेन्सले मलाई सराप्लान् । मेरा आफन्तले मलाई बाइकट भन्लान् । मसँग गढीमाई, कालीदेवी, रक्तकाली, महाकाली....रिसाउलिन् । मेरा इष्टदेवले मलाई देउता चढ्दा तँ कुलाङ्गार होस् भन्लान् । देशको गरिमा र आम्दानीको ठूलो हिस्साका बिचमा मैले प्राणीलाई न्याय देऊ भन्दा म देवकोटालाई राँची पु¥याएको यादमा छट्पटाउँछु ।

मलाई डर पनि लाग्छ, कतै म गंगालालजस्तो, शुक्रराज शास्त्री जस्तो त हुन्न ? अर्को पिर कति भयङ्कर छ, ती प्राणी जसको बारेमा म आवाज बुलन्द गर्न चाहन्छु, तिनीहरूबाट म कुनै सपोट पाउँदिन । तिनले त बरु मलाई त्यसै, काँचै निलिदिन्छन् । तिनैबाट चिथोरिन्छु म । म तिनलाई सहयोग माग्दै ‘म एक्लो भएँ आऊ, सहयोग गर’ भन्दै बाघ या त भालुको छेउमा पुगेँ भनेँ............। म त्यहाँ पनि सहिदै बन्छु, लाग्छ– यस्तो बेकारको आवाज बोकेर म किन कसिँदै छु । हैन मैले सोचेँ, मान्छेले त यो कुरा बुझ्नुपर्छ । अनि हेर्छु, म मन्दिरमा बलि दिँदै गरेका बोकासँग मान्छेले आफ्ना काम, क्रोध, मद, मात्सर्य, लोभ र मोहको जालोमा मलजल गरिरहेको देख्छु । अभैm कामुक र भयङ्कर संहारवादी बन्दै छ । स्वार्थी र बेसुरको मूर्ख बन्दै छ । वेदव्यासले भन्नुभएको “परोपकार पुण्याय परपिडनम् ।” भन्ने वाणी गुञ्जायमान हुन्छ । यो त बुद्धको देश हो । यहाँ त “अहिंसा परमो धर्म” भन्ने मूल मन्त्रका अनुयायीको भिडबाट साथ मिल्छ पक्कै, सोचेँ । अर्कोतिर घुम्दै थिएँ, बाच्छालाई मारेर बाच्छीलाई जोगाउँदै गरेको देख्दा महिला अधिकार सुरक्षित भयो भन्न सक्ने अवस्थामा म थिइन ।

मैले देखेँ, मान्छेले गाई फाम खोलेका रहेछन्, गाई बाँझो हुने अवस्था होला भन्ने भयङ्कर चिन्ताका बिचमा स्याहार सुसारको दौडधुप छ । गाईलाई कत्रो सेवा गरेको होला ? उतापट्टि खुट्टो बाँधेर टाङमुनि दुँध्यारोमा दूधका धारा चोरिरहेको दृश्यसँग आफ्नी आमाको दूधको स्वादलाई कैयौँ समयदेखि फिँजबाटै चित्त बुझाउने बाच्छोको वेदनालाई चियाएँ । पर्तिर डेरीमा भिड देखिरहँदा अलि तल्तिरको नदीमा भर्खरै जन्मेको बाच्छालाई उँधोमुन्टो पारेको देखेँ । दूधे बाच्छोलाई जन्मसँगै मृत्यु लेख्न माहिर यमराजलाई सोध्ने धृष्टता गरिन । उता आफ्नो नवजात सन्तानलाई चाटेर माया पस्कन नपाएको गाईको वेदना सुनेँ, देखेँ पनि । मन कति अशान्त भयो । म न्यायालय जान सक्दिन किनकि न्यायमूर्तिलाई न्यायको पूरा ज्ञान छैन । यहाँ विदुरको सत्यवादी नीति छैन । रामले सिकार खेलेको कथा आउँछ तर कृष्णले गाईलाई प्रेम पस्केको कुरा लुक्छ । मैले अठासी हज्जार हाम्रा ऋषिमध्ये कुनैले मांसाहार गरेर तपस्या गरेका रे, पढेकै छैन । लाग्यो आज म पनि बधशालामा एक्लो सहिद हुँ ।

चारैतिर नियालेँ । यहाँ कुनै न्यायिक संयन्त्र देखिन । चक्का जाम गर्दै गरेका आमा गाईको भिड देखिन । अनसन बस्ने कलिला बच्चालाई मारिसकिएको थिइयो । वंश नाश नगर्ने उद्देश्ले सबैभन्दा दूधालु भैँसीको मैमत्ता राँगोलाई पालिएको थियो । उसले दिनमा ३० बढी सबै खाले भैँसीलाई पेट बोकाउनु पथ्र्यो । त्यहाँ पुरुषमाथि बलात्कारको आरोप थिएन । कति सम्मान थियो । दूध दिइसकेका नाक छेडिएका, कानमा प्वाल पारिएका, घाँटी र खुट्टामा बेस्सरी कसिएर खानै नपाएका बाँझी गाई र बेस्सरी खान दिइएका बाच्छा बिहीन लैना गाई देखेँ । आँखा कमजोर भएर यस्तो भएको होइन । मैले शोक शैøयामा बधशालाका कैयौँ जीवको आत्मा भड्केको हेरिरहेँ ।

मानिसको पाशविकता भन्दा कैयौँ गुणा प्रिय गाईले चाटेर बाच्छोलाई मायालाई नियालिरहँदा आफ्नी आमाको याद आयो । बालापनमा हराएँ । मैले समाचारका पानाभरि पाँचजना गोरुलाई बलात्कारमा सामेल भएकाले जेल चलान गरेको पढ्नु र सुन्नु परेको छैन । मैले बलात्कृत अवस्थामा मृत्युवरण गरिरहेकी बाख्रीलाई जङ्गलमा फालेको देखेकै छैन । मैले कोठी सञ्चालन गर्ने सञ्चालिका फलानी लगायत फलाना फलानालाई प्रहरीले समातेको भन्ने अर्नाको समूहलाई देखेकै छैन । तर मैले गाडीको डिकीबाट लामो बाटो भित्रै राखेर जीवितै निकाल्ने मान्छेको अत्याचारलाई देखेको छु । मैले को ठूलो भन्दै पशुप्राणीका बिचमा जातिगत नारा देख्नै परेको छैन । सायद म तिनलाई पशु हुन् भन्थेँ होला तर कुनै बाख्राले आफ्नो नवजात बच्चालाई जन्मने बित्तिकै मारेको अर्थात् जीवितै खोल्सा मुनि फालेको देख्नु परेको छैन ।

मलाई ती पशु हुन् भन्ने यसकारण पनि लाग्दैन किनकि त्यहाँ आमालाई आफ्नै छोराले मारेको गहन समाचार कहिल्यै हँदैन, त्यहाँ दाजुभाइले अंशका नाउँमा पानी बाराबार गरेको रित्तो समाजको क्रुरता देखिँदैन । हो, पशुसँग सुबुद्धि नहोला तर संवेदना त छ । दयालुपन पनि छ । हो, तिनीहरू पराईसँग जुध्छन् तर मान्छे त आपैmँसँग पनि मिल्न जान्दैन नि । विभेदको संसारमा आपूmलाई गल्ति नगर्ने मान्छे मान्ने अनि अरुका हज्जारौँ दोषको सूची बोकेर न्यायाधिस बनेर बस्नुपर्छ । मानव अधिकारका नियम र संविधानलाई घोक्ने अवसर पाइहरहेको इतिहासमा सजीव प्राणी अधिकार भन्ने नयाँ इतिहास कोर्ने म बधशालाको सहिद हुँ ।

म पनि त्यही मान्छे मध्येको एक हुँ, जतिखेर म साना बाख्राका पाठासँग खेल्थेँ । कलिला फुत्रुक फुत्रुक उफ्रिरहेका पाठापाठीसँग समाएर म्वाइँ खान्थेँ । कति राम्रा र सलक्क परेका तिनीहरूसँगै खेल्थेँ । तर मैले बधशालाका आत्माहरू भड्केर नरसंहार भइरहेका कुविचारका लाममा स्वादे जिब्रो र कलङ्क कर्मको जालो देखेको छु । रोगका सिकार बनेर बाँचेका कुरुपतामा पीडाबोध देखेको छु । दिउन्जेल दूध खाने पछि काटेर मासु खान चाहने निर्ममतामा दानवीय प्रतिबिम्ब नियालेको छु । ती सबै अकालमा मारिएका शरीरमा कूल देवतामा क्रोध बढेको देखेको छु ।

रगत चुस्दै काम्ने धामीको बिम्बमा कालीमाता र रक्तबिज देख्दिन । किनकि यहाँ रक्तबिज त मरिसकेर दशैँ मनाइरहिएको छ । खुशी बाँढेर शान्तिघोष गरिरहिएको छ । बाच्छालाई मोला लाएर कलिला बालकको दूध सबै खोस्ने धर्मात्माले चढाएको पञ्चामृतसँग खुसी हुने देवता सायदै क्रोध मूर्ति होलान् । यदि ईश्वर हो त किन रिसाउला, रिसको पोको ईश्वर कसरी हुन्छ ? तिमी नरिसाऊ तब भगवान् बन्छौ । अहिंसावादी बन मोक्षको ढोका आपै खुल्छ । कसैलाई सेवा गर्न सक्दैनौ भने कमसेकम कसैलाई दुःख नदेऊ न मान्छे महोदय । म बधशालाको सहिदहरूका आत्म शान्तिका लागि यो पुराणलाई हर बिहान वाचन गर्दछु । ती मारिइरहेका भड्केका आत्माले मुक्ति पाउन् ।

चौरासी लाख जुनी घुम्दै गर्दा सायदै आफ्नै छोराले बाबु काटेर खाएको हुँदो हो । मैले तिनका लागि यो पुराण रच्दै गर्दा वेदव्यासले मलाई अधिकार दिनुभएको महसुस भइरहेको छ ।तर पनि, म बधशालाको सहिद
हुँ ।

प्रतिक्रिया दिनुहोस

web
analytics