सञ्चारमन्त्रीको कमजोर ‘सामान्य ज्ञान’

राजधानी काठमाडौंमा चलिरहेको पाँचौ एसीया ब्रोडकास्टीङ्ग समिटमा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले एउटा भाषणबारे वन, वातावरण तथा संरक्षणको क्षेत्रमा चर्चित रह्यो । जलवायु परिवर्तनका असर र प्रभावबारे बोलिरहदा मन्त्रीले गैंडाको प्रसंग पनि निकाले ।

उनले एकसिंगे गैंडा नेपालमा मात्रै पाइन्छ अन्त पाइदैन भने । यो सरासर गलत थियो । सरकारको प्रवक्ता तथा मन्त्रीले सामान्य विषयमा पनि जानकारी नराखी बोलेपछि सहभागीबीच कानेखुसी चल्यो, 'मन्त्रीलाई यति जानकारी पनि रहेनछ' । एकसिंगे गैंडा नेपालमा मात्रै होइन भारतको काजिरंगा राष्टिय निकुञ्ज र आसपासमा अहिले पनि २२ सयभन्दा बढी एकसिंगे गैंडा पाइन्छन् ।

टेलीभिजनमा प्रत्यक्ष प्रशारण हेरिरहेका संरक्षणकर्मी कुमुद श्रेष्ठले लगत्तै फेसबुमा लेखे, "आज अर्थात बैशाख १२, २०७६ को दिन बिहान म नेपाल टिभिमालाईभ प्रसारण हेर्दै थिए । केहि बेरमा कार्यक्रममा बोल्न सञ्चार मन्त्री माननीय  बास्कोटा आउनु भयो । उहाँले जलवायु परिवर्तन सम्वन्धी बिद्वता छाँटदै हुनुहुन्थ्यो । यस विषयमा कुरा राख्नु भयो, जुन ठिक हो । तर, बोल्दा बोल्दै उहाँले एक सिङ्गै गैडा अन्त नपाइने वा नेपालमा मात्र पाईने भनेर भन्नु भयो, जुन गलत हो ।

आसाममा करिब २२०० एक सिङ्गै गैडा पाइन्छ, जुन नेपालमा पाइने एक सिङ्गै गैडाको संख्या भन्दा निकै धेरै हो । यदि माननीय वास्कोटाज्युले भनेको कुरा भारत वा अन्य देशका जैविक विविधता प्रेमीहरूले थाहा पाएमा नेपाल र नेपालीको सामान्य ज्ञानमा एउटा कालो धब्बा लाग्छ । तसर्थ सरकारी निकायका जिम्मेवार अधिकारीहरूले सार्वजनिक रुपमा भाषण गर्दा जिम्मेवारी पुर्वक साँचो वा ठिक कुरा मात्र बोल्नु पर्दछ ।

मेलै मेरो फेसबुक स्टाटस साधारणतया अंग्रेजी भाषामा राख्छु, तर आज अंग्रेजी भाषामा लेख्दा भारत र अन्य देशका साथीहरूले थाहा पाउला भनेर नेपालीमा मात्र लेख्दैछु ।"

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics