काठमाडौंमा अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन सुरु

राजधानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन मगलबारबाट सुरु भएको छ ।

रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गरिएको हो । उक्त कार्यक्रममा सम्बोधन गर्दे नेकपाका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुस्पकमल  दाहालले भने जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेकोले ती समस्या समाधान गर्न बहस फलदायी रहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले प्रकृतिको दोहन नगर्ने विकासको मोडेलतिर जान चाहेको समेत खुलाए। उनले आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मन लागेको बताए। तर जनताले त्यति जान नदिने भन्दै ठट्टा समेत गरेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै कृषि मन्त्री चक्रपाणि  खनालले प्रांगारिक खेती गर्न सकिने बताए। उनले भने, ‘प्राङारिक खेती गर्न सकिन्न भनेर थाकेका साथी पनि भेटेको छु तर नथाक्नुस सकिन्छ। तर गर्छु भनेर मात्र पुग्दैन। आँट्नु पर्छ।

नेपालमा ३-४ लाख मेट्रिक टन रासायनिक मल आवश्यक रहेको बताउँदै त्यसको ठाउँमा प्रांगारिक मल प्रयोग गर्न सकिने उल्लेख गरे।

उनले सिधै किसान, माटो, जनजीवनसँग जोडिने गरी बजेट छुट्याउन आवश्यक भएको बताउँदै कर्णाली प्रदेशलाई प्रांगारिक घोषणा गरिएकाले त्यहाँ रासायनिक मल जान दिन नहुने बताए।

कार्यक्रममा उपस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रांगारिक बहस पहिलोपटक निस्किएकोले यसलाई बहसको विषय बनाउन आवश्यक भएको बताइन्। उनले प्रांगारिक खेतीतर्फ ध्यान दिन समेत किसानहरुलाई आग्रह गरिन्।

उनले भनिन ‘प्राङ्गारिक खेती तर्फ ध्यान दिइएन र बेलैमा सचेत नहुने भने डरलाग्दो अवस्था आउन सक्छ।’ रोगको उपचार अस्पताल मात्र होइन, चुलो चौकोदेखि नै ध्यान दिनुपर्ने उनको भनाइ छ। रासायनिक मलले जमिनको उत्पादकत्व घटिरहेको बताउँदै उनले सुखी नेपाली हुन उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरिन्। यसका लागि सहकारी राम्रो माध्यम हुने उनको भनाइ छ।

त्यस्तै काँग्रेस सांसद प्रदीप गिरीले प्रांगारिक कृषि नयाँ जीवनशैलीको माग भएकाले राज्य र मन्त्रालय नै बढी जागरुक हुनुपर्ने बताए।

सम्मेलनमा प्रांगारिक खेती सम्बन्धी गहिरो छलफल हुने छ । उक्त सम्मेलन बुधबार सम्म हुने आयोजकले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics