कृषिमा दुई वर्ष बिताए : प्रचण्ड



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा दुई वर्ष बिताएको बताए ।

अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनमा उनले कृषि विषयबाट नै स्नातक गरेर दुई वर्ष कृषि क्षेत्रमा राम्रो अनुभव लिएको जानकारी दिए । एक वर्ष स्नातक गरेर कृषि विषय पढाएको अनुभव पनि सुनाएका थिए ।

उनले भने, ‘मैले गोरखाको आलुबारीमा दुई वर्ष प्राङ्गारिक मलको खेती गर्न किसानलाई सिकाएर नै दुई वर्ष बिताएको छु । कृषिको विद्यार्थी भएकोले कृषि सम्बन्धी विशेष रूपमा आकर्षक रहको उल्लेख गरे ।

समृद्ध नेपालको लागि कृषि महत्त्वपूर्ण भूमिका रहेको दाहालले जानकारी दिए । अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गा्निक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरेका थिए । आरबैंको कागती विदेशबाट त्याउनु पर्ने बाध्य कसले ग¥यो सोच्नु पर्ने समय आएको उल्लेख गरे ।

प्रकृतिलाई दोहन नगर्ने विकासको मोडलको खोजीमा रहेको जानकारी दिए । मानिसको स्वास्थ्य माथि खेलबाड नगर्ने र पर्यावरण नबिग्रार्ने अबको विकासको मोडल तिर जान तयार रहेको बताए ।

सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरू सहभागी भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics