यस्तो छ आगामी तीन दिनको मौसम

आज देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जेष्ठ ०५ गते (आईतबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०६ गते (सोमवार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि, पूर्वी तराई भूभागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातिस् देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०७ गते (मङ्गलबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बांकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics