क्या राम्रो स्याउबारी मार्फा गाउँमै …

A+ A-

"क्या राम्रो स्याउबारी मार्फा गाउँमै
हेर्दा राम्रो मार्फा गाँउ, खादा मिठो मार्फा स्याउ
त्यसैले धेरै प्यारो लाग्छ मलाई मार्फा मेरै गाउँ"

माथिको गीतका हरफहरुबाट पनि अनुमान गर्न सकिन्छ हिमाल पारी मार्फा गाउँ र स्याउ बगान निकै लोकप्रिय छ ।क्या राम्रो स्याउबारी मार्फा गाउँमै बोलको गीतलाई ज्योति गुरुङले स्वरले माझेपछि चर्चा बटुल्यो। मार्फाको स्याउबारीमा छायाँकन गरिएको यो गीत सञ्चारमाध्यममा पनि त्यतिकै बज्यो। सांस्कृतिक कार्यक्रममा यही गीतमा नृत्य गर्ने क्रम पनि त्यही रूपमा बढेको छ ।

काठमाडौं देखि मुस्ताङसम्म प्रधानमन्त्री आधुनिकरण कृषि परियोजना अन्तर्गत अवोलोकनका लागि गएको हाम्रो टोली तनहुको तरकारकी जोन, कास्कीको ग्रिन हाइटेक, हेम्जा एग्रो फर्म लगाएतको स्थानको अवोलोकन गर्दै पर्वतको मकैं जोनको अवस्था कस्तो छ भन्ने बुझ्न पुग्यौ ।

पर्वत बेनी हुँदै सागुँरो र अफ्ठयारो बाटोका खाल्डा खुल्डी छल्दै छिचोल्दै हामी हिमाल पारिको एउटा सपनाको मार्फा गाउँको स्याउ बगानमा पुग्दा शारिरिक रुपमा थकित त थियौ नै तैपनि त्यहाको प्रकृतिक सुन्दरता र मान्छे उडाउला झैँ बहने हावाको बेगले सम्पुर्ण थकान मेटिएको थियो । हावाको बेगले होला सायद त्यहाँ देखिने स्याउ लगायत अन्य सबै बोटबिरुवा फेदै देखि छडके अवस्थामा देखिन्थ्यो ।

बोटबाट फूल झरी सकेर फलमा परिवर्तित स्याउको बोटहरुले बगानको सुन्दरतालाई निखारेको थियो । स्याउ बगानहरु प्रायजसो बाहिरबाट ठूलो क्षेत्रफलमा फैलिएको देखिए पनि भित्र भने छुट्टा छुट्टै व्यक्तिहरुको आ-आफ्नो स-साना स्वामित्वका साना बगानमा बाडिएको देखियो । भौगलिक हिसमबले पहाडै पहाड र डाँडा काडाले भरिएको मार्फ गाँउमा सहज रुपमा सवारी साधनको पहुच पुगेको धेरै भएको छैन ।

जीवीकोपार्जनका लागि नै स्याउ उत्पादन र विक्रि त्यहाँका बासिन्दाको मुख्य पेशा हो । त्याहँका स्थानीय प्राय सबै धेरै थारै स्याउ खेतिमा आवद्ध रहेका छन् । सवारीसाधनको पहुच नपुग्दा स्याउ बोटबाट नै कुहिएर झर्ने विक्रि भइहाले पनि राम्रो मुल्य नपाउने त्यहाँका किसानका अवस्था थियो ।

कृषक मन बहादुर हिराचन


कृषक  मन बहादुर हिराचन भन्छन, यातायतको पहुच सँगै स्याउको मुल्य पाउनुको साथै कहिले पनि स्याउ बिक्री भएन ,स्याउ बोटबाट नै झरेर गयो भनेर भन्न परेको छैन । हिराचनका अनुसार एउटा बोट रापेपछि ८ देखी १२ वर्ष पछि मात्रै बिरुवाले स्याउ उत्पादन गर्न थाल्दछ । एउटा बोट रापेपछि ८ देखी १२ वर्ष पछि मात्रै बिरुवाले स्याउ उत्पादन गर्छ । स्थानीय बासीहरुको भनाई  अनुसार प्रधानमन्त्री आधुनिक कृषि पयिरयोजना अन्र्तगत किसानलाई दिने अनुदान पाएपछि २० रुपैँया पर्ने बिरुवालाई १५ रुपैया सरकारी अनुदान र ५ रुपैया हामी किसानले हाल्नु पर्छ ।

किसान सुख परियार


त्यस्तै अर्काे किसान सुख परियार भन्छन, प्रधानमन्त्री आधुनिक कृषि परियोजना आएपछि समय समयमा तालिम लिन पाइएको छ यसले हामीलाई बिरुवालाई कसरी जोगाउने, कस्ता बिरुवा रोप्दा कति समयमा फल प्राप्त हुन्छ लगायतका विषयमा जानकार बनाएको छ । त्यस्तै तालिम पाएपछि उत्पादनमा पनि बिक्रि गर्ने सकिएको छ ।

समस्यहरु 

पहिला भन्दा केहि हदसम्म स्याउ उत्पादमा बृद्धि भएपनि नयाँ प्रजातिको बिरुवा नहुँदा बिरुवाबाट उत्पादन लिनका लागि किसानले धेरै वर्ष पर्खन परेको अवस्था छ । स्याउँ सम्बन्धी प्रयाप्त प्राविधिक ज्ञान नहुँदा बिरुवामा कुन रोग लागेको छ कस्तो समस्या छ भने थाहा नहुने त्यहाको चुनौति हो । अनुदान दिने मात्र नभई सरकारी निकायले प्राविधिकको व्यवस्था भए भने उत्पादनमा बृद्धि बोट बिरुवामा भएको रोगलाई समयमा नै उपचार गर्ने सकिने किसानहरुको भनाई छ ।

कृषि पेशामा आवद्ध हुने किसानहरु आफ्नो वाली तथा पशुचैपायको विमा गर्ने प्रचलन बढ्दो क्रममा छ । स्याउ बगानमा विमाको कस्तो प्रचलन छ भनी बुझदा किसानहरु भन्छन् विमा गर्ने त मिल्छ तर विमा पक्रिया झन्झटिलो छ । हाम्रो पहुच विमा सम्म पुग्न सक्दैन । पशु विमा सहज भएकाले हामीले पशुको विमा गरेका छौं तर स्याउको भने विमा गर्ने सकेका छैनौं ।

अबको बाटो

हेदा जोकोहीलाई पनि आकर्षक पार्ने मार्फाको स्याउ बगानमा आधुनिक कृषि प्रणली, छिटो फल्ने बिरुवा , विमा सम्बन्धी जनचेतनामुल्क कार्यक्रम र किसानको पहिचान गरी कृषि तालिमको व्यवस्था र कृषि प्रावाधिक परिचालन र सम्बन्धी नियाकबाट अवोलोकन हुन आावश्यक छ । यूवालाई कुषिमा आवद्ध र किसान वर्गिकरण गरी अनुदानको व्यवस्था भयो भने कृषि व्यवसायबाट नै मार्फा गाउँ समृद्धबाट टाढा छैन । साथ साथै खाल्टा खुल्टी भएको सागुरो बाटोलाई फराकिलो बनाएर पिच गर्ने हो भने सम्भव त स्याउमा हाम्रो देश आत्मनिर्भर हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics