‘कृषि उपज उत्पादनमा जोड दिएर निर्यात’

A+ A-


कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले संयुक्त अरव इमिरेट्स युएइलाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताए ।

नेपालका लागि युएईका राजदूत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताएका हुन । मन्त्री खनालले भने, ‘तपाईँहरूको प्राथमिकता निर्धारण गर्नुस्, हामी त्यसका लागि व्यवसायीक उत्पादन गरेर निर्यात गछौं ।’

नेपालले खास गरी अर्गानिक कफी, अलैंची, गुणस्तरीय चिया, अगुवा लगायतका कृषि उपज निर्यात गर्न सक्ने मन्त्री खनालको भनाई छ । यसले दुई देशको व्यापारिक र पारस्परिक सम्बन्ध विस्तार हुने मन्त्री खनालले विश्वास व्यक्त गरे । त्यसका लागि युएईले आवश्यक परे प्राविधिक सहयोग गर्न सक्ने मन्त्री खनालले उल्लेख गरे ।

जवाफमा राजदूत नाक्बीले युएइले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तान लगायतका मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुन सक्ने बताए । त्यसका लागि चिया, कफी र पानी आफूहरूका लागि आयात गर्ने उपयुक्त बस्तु र मुलुक हुन सक्ने राजदूतको भनाई थियो ।

नेपालमा उत्पादन भएका केही कृषि उपज भारतले आफ्नो ट्याग लगाएर युएइ निर्यात गर्ने गरेको सुनाउँदै राजदूत नाक्बीले ब्राण्डिङ, लेवलिङ र प्याकेजिङमा ध्यान दिएर नेपाल आफैले निर्यात गर्न सक्ने सुझाव दिए। पानीको समस्या खेपिरहेको युएइले १४ वटा कम्पनी मार्फत समुन्द्रको पानी सुद्धिकरण गरेर उपयोग गरिरहेको राजदूतले बताए ।

प्रतिक्रिया दिनुहोस

web
analytics