आज दिउँसो हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

साेमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको  छ ।

यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान :

जेष्ठ २० गते (सोमबार):

दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु-भागका केही स्थानहरुमा तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ २१ गते (मंगलबार):

दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २२ गते (बुधबार):

दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics