हावाहुरी : दुईको मृत्यु , सय घाइते

A+ A-

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीबाट दुईजनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन् ।

हावाहुरीबाट भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको हो ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । घाइते अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज सिफारिस गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति र्पुयाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको छ । घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम रहेको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics