सालकको खपेटा सहित पक्राउ


झापामा सालको खपेटा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रक्राउ पर्नेमा दमक नगरपालिका –१ स्थित पाँचथर फागुनन्द गाउँपालिका –५ बस्ने ३० वर्षीय सुरज चेम्जोङरहेका छन् । चेम्जोङको साथबाट ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित प्रहरीले बरामद गरेको हो।

उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले जाँच गर्ने क्रममा चेम्जोङलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics