मरिच तस्कर पक्राउ

प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट एकजना मरिच तस्करलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया बस्ने २६ वर्षीय राजनकुमार तुराहालाई प्रहरीले पक्राउ गरेको हो ।

राजनलाई ना १५ प १७४९ नं.को मोटरसाईकलमा ८ किलो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी छपकैयाको टोलीले शनिबार बेलुका वीरगञ्ज–१ छपकैयाबाट उनलाई नियन्त्रणमा लिएको थियो । बरामद गरिएको समान सहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics