हिमनदी तीव्र दरमा पग्लँदै, नेपालका सहित करोडौँ मानिस जोखिममा

 



शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्।

अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्।

वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निचोड निकालेका छन्।

सन् २००० यता हिमनदीका उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको सो अध्ययनले देखाएको छ।अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण हिमनदीको बरफ तीव्र गतिमा पग्लिएको बताएका छन् ।

स्रोत :बिबिसि नेपाली

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics