साझा यातायातलाई ३ सय बस किन्न सरकारले दियो ३ अर्ब

सरकारले साझा यातायातलाई ३ सय बस किन्न ३ अर्ब रुपैयाँ शेयर लगानी गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  जानकारी दिएका हुन्।

उनले ती बस किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेलाई तीन अर्ब रुपैयाँ सरकारको सेयर लगानीकारुपमा उपलब्ध गराउने निर्णय गरेको बताए ।

सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics