मगंलबार देखि फेरि मनसुन सक्रिय हुने



पछिल्लो समय मनसुनी रेखा नेपालतर्फ आउँदै गरेकाले मंगलबार देखि फेरि मनसुन सक्रिय हुने भएको छ ।

हाल भारतीय आकाशमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ सर्दै गरेकाले मंगलबार देखि भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ।

महाशखाका अनुसार मंगलबारदेखि भारी वर्षाको संभावना रहेको र बाढी तथा पहिरो आउन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

हाल मनसुनी वायु नेपालको दक्षिणी भूभागमा भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावको कारण केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ ।

राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ ।

श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics