यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान,मेघगर्जनसहित पानी पर्ने सम्भावना

देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण निम्न छन्।

श्रावण २० गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।

राती : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics