सर्वा्धिक ठूलो रेन्जर कङ्ग्रेस नेपालमा सुरु



नेपाल सरकार र अन्तर्रा्ष्ट्रिय रेन्जर फेडरेशन (आईआरएफ) द्वारा आयोजना गरिएको नवौं विश्व रेन्जर कङ्ग्रेस आजबाट चितवनमा सुरु भएको छ । प्रत्येक ३ वर्षमा आयोजना हुने सो कार्यक्रम यस पटक ७२ देशका ५५० भन्दा बढी व्यक्तिहरुको सहभागीतामा हाल सम्मकै ठूलो तथा एसियामा प्रथम पटक आयोजना भएको हो ।

“यस कङ्ग्रेसले विश्वणभरिका सयौँ रेन्जरहरूलाई एकै ठाउँमा ल्याउनुका साथै विश्वव्यापी विचार,ज्ञान तथा संरक्षणका उत्तम अभ्यासहरूको सम्मिश्रण मार्फत उनीहरूको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याँदछ,” पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताए ।

पाँच दिनसम्म चल्ने यस कार्यक्रममा कङ्ग्रेसका विषय- वस्तुहरुः रेन्जर कल्याण,रेन्जरहरु तथा स्थानीय समुदाय आदिवासी रेन्जरहरु, रेन्जर क्षमता, रेन्जर कार्यदलमा लैङ्गिक असमानता, रेन्जर संघहरुको भूमिका तथा प्रविधिका विषयहरुमा विस्तृत तथा सहायक कार्यक्रमहरू समावेश हुनेछन् ।

“रेन्जरहरुको काममा प्रभाव पार्ने मुद्दाहरूमा छलफल गर्नुका साथै साझेदारीका अवसरहरु सिर्जना गर्नमा यस कङ्ग्रेसले टूलो अवसर प्रदान गर्दछ । हाम्रा प्राकृतिक सम्पदाको रक्षा गर्न दैनिक खटिने यी बहादुर महिला तथा पुरुषहरूको आतिथ्यता गर्न पाउँदा नेपाल सरकार गौरवान्वित महसुस गर्दछ,” नेपाल सरकार, वन र वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेतले उल्लेख गरे ।

रेन्जरहरुले सामना गरिरहेका मुख्य विषयहरुमा प्रकाश पार्नु र संरक्षित क्षेत्रहरुमा भोगिने साझा समस्याहरुको सामना गर्नका निम्ति समाधानका नयाँ उपायहरुका बारेमा जानकारी लिनका लागि रेन्जरहरुलाई मञ्चे प्रदान गर्नु उदेश्यले यो रेन्जर कङ्ग्रेस आयोजना गरेको आयोजकले जनाएको छ ।

आईआरएफ एक गैह्र-नाफामूलक संस्था हो जसको स्थापना चेतना अभिबृद्धि तथा रेन्जरहरुको महत्चपूर्ण कार्यहरुमा सहयोग पुर्या उने उद्देश्यले भएको थियो । उक्त संस्थाले पहिलो विश्वृ रेन्जर कङ्ग्रेस सन् १९९५मा आयोजना गरेको थियो भने यस अघिका कङ्ग्रेसका संस्करणहरू युरोप, अफ्रिका र अमेरिकामा आयोजना भइसकेका छन् ।

आईआरएफका अध्यक्ष सन विलमोरले भने,“एसियामा प्रथम पटक विश्व रेन्जर कङ्ग्रेसको आयोजना गरेकोमा हामी नेपाल सरकारप्रति आभारी छौं । चोरी-सिकार नियन्त्रण तथा संरक्षण प्रयासमा उत्कृष्ट् सावित भइसकेको नेपाल कङ्ग्रेसको आयोजनाका निम्ति एक स्वभाविक चयन थियो । यति ठूलो सङ्ख्यामा रेन्जरहरू उपस्थित भई यस महत्वपूर्ण बैठकमा भाग लिने र यस सुन्दर देशबाट प्रेरित हुने कुराले हामी निकै हर्षित छौं ।”

कङ्ग्रेसमा भाग लिने सहभागीहरू रेन्जरहरू साथै रेन्जरहरूलाई सहयोग पुर्यामउने संस्थाका प्रतिनिधिहरु छन् ।

कङ्ग्रेस कार्त्तिक ३० गते चितवन घोषणापत्रको घोषणासँगै सम्पन्नव हुनेछ । उक्त घोषणापत्रले आगामी तीन बर्षका लागि विश्वेव्यापी रेन्जर एजेन्डाको लक्ष्य तथा परिकल्पना तय गर्नेछ ।

यस कङ्ग्रेसको आयोजनामा सहयोग पुर्यामउने स्थानीय संगठनहरु एसियाली रेन्जर फेडरेशन तथा वन्यजन्तु संरक्षण संघ नेपाल रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics