आजदेखि माैसममा सुधार

पश्चिमी वायुको प्रभावले मौसम बदली भएपनि शुत्रबारदेखि मौसम सुधार हुने अनुमान मौसम पुर्वानुमान महाशाखाले गरेको छ ।


मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा हुने जनाएको छ ।


यसैगरी, दिनभरी पूर्वी र मध्य पहाडी भूभागहरुका आंशिक बदली हुने र अन्य स्थानहरुमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।


पूर्वानुमानका अनुसार राति भने देशका पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी स्थानहरुमा मौसम सफा हुनेछ ।


अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै मौसम सुधार हुँदै हट्दै जाने माहाशाखाले जनाएको छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics