पाटे बाघको छाला सहित पक्राउ



पाटे बाघको छाला सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा खरिद बिक्रि गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरी टोलीले दाङ, तुल्सीपुर उपमहानगरपालिकामा पक्राउ गरेको हो ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथापको लागि माघ २७ गते केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई १ थान बाघको साल सहित पक्राउ गरेको थिए ।

प्रहरीको अनुसार आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको छ ।

सल्यान जिल्लाका तीनजना २६,३० र ३७ वर्षका मिलेर संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार गरेका पाइएको प्रहरीले जनाएको छ ।

उक्त पाटे बाघको छाला १ थान लम्बाई १० फिट दुई इन्च र चौडाई तीन फिट दुई इन्च रहेको प्रहरीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षन ऐन, २०२९ को दफा २६ ९१० अनुसार पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच बर्ष देखि पन्ध्र बर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics