चितुवाको आक्रमणबाट नौ वर्षीय बालिकाको मृत्यु



बैतडीमा नौ वर्षीय बालिकाको चितुवको आक्रमणबाट मृत्यु भएको छ ।

बैतडी, मेलौली नगरपालिका–९ की सीता लुहारका चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

लुहारलाई मंगलबार बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५ सय मिटर टाढा फेला परेको स्थानीयले बताएका छन् । फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो ।

२०६८ सालयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ । पछिल्लो समयमा मानव र चितुवा बीचको द्धन्द्ध बढ्दो अवस्थामा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics