जीवन उपयोगी शिक्षाका लागि सामाजिक कार्य
- रमेश विक्रम हमाल
 
                                                        
आज विश्वभर नै मानव सम्बन्धको महत्त्वलाई प्रवद्धन नाराका साथ १४औं सामाजिक कार्य दिवस मनाइरहेका छन् । प्रत्येक बर्षको मार्च महिनाको तेस्रो हप्ताको तेस्रो बार मंगलबार  विश्व सामाजिककार्य दिवस मनाईन्छ । 
सामाजिक कार्य एउटा पेशा हो ।  सामाजिक कार्य बिषय पनि डाक्टर, ईन्जिनियर, नर्स, मनोबैज्ञानिक परामर्श दाता, शिक्षक जस्तै प्रोफेसन एउटो पेशा हो । सन १९९६ मा काठमाण्डौ विश्वविद्यालय बाट शैक्षिक क्षेत्रबाट भित्रिएको थियो । त्रिभुवन विश्वविद्यालय,  विश्वविद्यालय र मध्य-पश्चिमी विश्वविद्यालय पनि यो बिषयको अध्यापन गराइरहेको छ  ।  अहिले करिब ११० भन्दा बढी सरकारी, सामुदायिक, निजि कलेजहरुले पनि अध्यापन गराउदै आइरहेका छन् ।  नेपालभर हरेक वर्ष करिब २० हजार भन्दा बढी यो बिषय उतिर्ण हुन्छन ।  
                                                                   
एउटा सफल किसान बन्नका लागि कृषि सम्बन्धी प्राविधिक ज्ञान र सीप नभई नहुने कुरा हो । व्यापारी बन्नका लागि पनि व्यवसाय क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप र पेसागत दक्षताका विशिष्ट पक्षहरूमा दक्खल चाहिन्छ। हवाईजहाज उडाउने पाइलटलाई त्यही विषयको विशिष्ट प्राविधिक ज्ञान र सीप चाहिन्छ । त्यस्तौ हामीले सामाजिक कार्यकतामा हुनु पर्ने सिप विकासका लागि समाजिक कार्य विषय निकै महत्वपूर्ण छ । 
हामीले सामाजिक कार्य विषयबाट सबै ठाउँमा आवश्यक पर्ने सिपहरु यस विषयबाट सिक्न पाइन्छ। धेरै सीपहरू यस्ता पनि हुन्छन  हामी सबैका लागि जरुरी छ। 
त्यसकारण ‘सामाजिककार्य ’ बिषयले भविष्यमा जुनसुकै विधावा पेसामा जाने विद्यार्थीले पनि अनिवार्य रूपमा जान्नैपर्ने सीपहरू सिकाउछ । यो बिषयले सम्पूर्ण मानिसहरुलाई  सम्मान, शारीरिक बनावटको आधारमा होइन  क्षमताका आधारमा सम्मान, सहयोग, उत्प्रेरणा दिनुपर्छ, हरेक समुदायको धर्म संस्कृति, सामाजिक मूल्य मान्यताहरु, परम्पराहरुको कदर गर्नु पर्दछ भन्ने मुख्य सिद्धान्त रहेको छ । 
 समूह वा समुदायमा काम गर्दा हरेक व्यक्तिको सम्मान, हरेक व्यक्तिहरुको आपसी सम्बन्ध सुधार,सहयोग गरी लक्ष्यतिर अग्रसर हुन सिकाउछ । 
सामाजिककार्यकर्ताहरुले  अध्ययनगर्ने क्रममै बिभिन्न बिषयमा प्रस्तुतीकरण गर्न सिक्ने, नेतृत्वविकास गर्ने, संचार बिकास प्रतिबेदनतयार गर्ने, हरेक मानिसहरु संग कसरी कुराकानी गर्ने, बिभिन्न संघ संस्थाहरु संग मिलेर कसरि कामगर्ने,  प्राकृतिक प्रकोपमा राहत वितरण गर्ने कार्यहरु उनीहरुले सिकिरहेकै हुनाले पनि सामाजिक कार्यकर्ता मानविय समबेदना प्रति एकदमै सजक र आपसी मिलनसार गरि अगाडी बढ्ने हुन्छन । सामाजिक, धार्मिक भेदभाब बिरुद्ध त्यो भन्दामाथि रही मानबताको वकालतले गर्दा आज सामाजिक कार्य  विषयको आकर्षण बढ्दो छ  । 
 

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस