लकडाउनमा शिकारी सक्रिय- छ कस्तुरी पासोमा

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ वटा कस्तुरी पासोमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार दिउँसो पूजा गर्न मालिङगो काट्न जाँदा ६ वटा कस्तुरी पासोमा भुण्डिएको र विना निकालिएको अवस्थामा फेला परेको हो ।

१ कस्तुरीको विना निकाल्न नभ्याएको, २ वटाको निकालेर पुरेको र ४ वटा पासोमा झुण्डिएकै अवस्थामा विना निकालिएको भेटेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सगरमाथा निकुञ्ज क्षेत्रको संरक्षित मध्येको मुख्य वन्यजन्तुमा कस्तुरी हो। स्थानीयबासीलाई निकुञ्ज क्षेत्रमा प्रवेश निषेध गरेको छ।सगरमाथा राष्ट्रिय निकुञ्ज अनुसार वर्षमा १५ दिन पुस महिनामा सडापडा निकाल्न समय दिने गर्छ, त्यसबाहेक स्थानीयलाई जंगल प्रवेशमा रोक छ  ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics