नेफेजले सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका सामग्री हस्तान्तरण

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले कोभिड १९ को अग्र मोर्चामा रहेर रिपोटिङ गर्ने र तस्वीर खिच्ने पत्रकारहरुलाई पीपीई सेटलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

समूहले संस्थागत दायित्व आत्मसात गर्दै राष्ट्रिय दैनिक र टेलिभिजनकर्मी तथा फोटो पत्रकारलाई ती सामग्री हस्तान्तरण गरेको हो ।कोरोना भाइरसको संक्रमण र त्यसका बिरामीहरुबारे स्थलगत रिपोटिङमा खटिएका पत्रकाहरुको स्वास्थ्य सुरक्षाप्रति चासो राखेर यी सामग्री हस्तान्तरण गरिएको नेफेजबम अध्यक्ष कसमस विश्वकर्माले बताए ।

यस क्रममा समूहले पीपीई सेट, ह्यान्ड स्यानिटाइटर, मास्क (सधै प्रयोग गर्न मिल्ने र नमिल्ने) र पन्जा छन् । सबै सामग्री एक÷एक सेट प्रदान गरिएको हो । एउटा सञ्चार संस्थालाई पत्रकार र फोटो पत्रकार गरी दुई जनालाई यी सामग्री उपलब्ध गराइएको हो ।

अध्यक्ष विश्वकर्माले कोरोना महामारीको अग्रमोर्चामा सक्रिय रुपमा रिपोटिङ गरिरहेका सञ्चारकर्मीहरु स्वस्थ भएमात्र सत्यतथ्य सूचना प्रवाह हुने र सूचना विना यसको रोकथाम तथा नियन्त्रण संभव नभएको महशुष गरेर यी सामग्री हस्तान्तरण गरिएको जानकारी दिए । ‘

यस्तो बेलामा पत्रकारहरु जोखिममा छन भन्ने महशुष गरेर हाम्रो संस्थाले यो निर्णय गरेको हो ।
समूहले नेद्रल्याण्डस्थित सहयोगी संस्था फ्रि प्रेस अनलिमिटेडको आर्थिक सहयोगमा यी सामग्री खरीद गरी उपलब्ध गराएको हो । समाचार प्रवाहका लागि अग्रमोर्चामा रहने सञ्चारकर्मीहरु सबैभन्दा बढी जोखिममा रहने भएकोले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि समूहले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । समूहले कार्यक्रममा यस बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics