कोरोना भाइरस बाट नेपालमा पहिलो मृत्यु

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड(१९) बाट एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणका कारण भएको उल्लेख गरेको छ ।

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics