नेपालमा कोरोना संक्रमितको संख्या ५४८

A+ A-

नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहानै ३२ जना थपिएका छन् । यस अघि शुक्रबार एकै दिन ५९ जना नयाँ संक्रमित देखिएका थिए ।

पछिल्लो पटक देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, सर्लाही र रुपन्देहीका रहेका छन् ।

हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics