असिनाले कृषि बालीमा असर



शुक्रबार राती परेको असिनासहितको पानीले सुन्तला, तरकारी र आलुखेतीमा क्षति गर्दा किसानहरू मर्कामा परेका छन् ।

काभ्रको अधिकांश भुभागका किसानहरु असिनापानीले मर्कामा परेका हुन् । कान्तिपुरमा खबर प्रकाशित भएको छ । काभ्रेको धुलिखेल, बनेपा, रविओपी, नाला, पात्लेखेत आसपासका क्षेत्रमा परेको असिनाका कारण किसानले लगाएको आलु, तरकारी खेतीमा क्षति पुगेको छ ।

जिल्ला कृषि विकास कार्यलयका कृषि प्रसार अधिकृत कृष्ण धितालका अनुसार, नाला क्षेत्रमा आलु र तरकारीमा क्षति पुगेको छ । रविओपी क्षेत्रमा लहरे तरकारी र गोलभेडामा असर पुगेको उनले जानकारी दिए । असिनाले शंखु र आसपासका क्षेत्रमा फुल फुल्दै गरेको सुन्तलामा समेत क्षति भएको छ । यसले गर्दा आगामी बर्षको उत्पादनमा असर पर्न सक्ने धितालले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics