भूकम्पपछि कृषिमा आश्रित जनसंख्यामा कमीः अध्ययन प्रतिवेदन



भूकम्पश्चात कृषिमा आश्रित जनसङ्ख्यामा निकै कमी आएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रले गरेको अध्ययनले भूकम्पश्चात कृषिमा आश्रीत जनसख्या जम्मा ३४ प्रतिशत रहेको देखाएको हो ।
केन्द्रले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पले पारेको ‘सामाजिक तथा जनसांख्यिक प्रभाव’को अध्ययन गरेको थियो । अध्ययनका क्रममा कृषिमा आश्रित परिवारमध्ये ४३ दशमलव ६ प्रतिशतले पेशा परिवर्तन गरेको पाइएको छ । उनीहरुले ज्यामी तथा घरायसी श्रमिकका रुपमा पेशा परिवर्तन गरेको अध्ययनका क्रममा देखिएको छ ।
‘पाँचमध्ये दुई जनाले पेशा परिवर्तन गरेर अन्य पेशामा लागेको भेटियो,’ बुधबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘भूकम्पले जमिनमा क्षती पु¥याउनुका साथै भूकम्पका समयमा खानाको अभाव वेहोरेका कारण कृषि पेशाप्रति वितृष्णा आएको भन्दै पेशा परिवर्तन गरेका छन् ।’
काठमाडौं, ललितपुर, भतmपुर, काभ्रेपलान्चोक, दोलखा, गोराखा, धादिङ, मकवानपुर, नुवाकोट, रसुवा, रामेछाप र ओकलढुङ्मा गरिएको अध्ययनले २९ प्रतिशतमा मात्र आफ्नै कृषि उत्पादनले वर्षभरि खानुपुग्ने अवस्था रहेको समेत देखाएको छ ।
अध्ययनले परम्परागत खेती प्रणलीमा युवाको आकर्षण घट्दै गएको, भूकम्पका कारण कतिपय जमिनमा धाँजा फाटेको र पहिरो गएका कारण प्रभावित परिवारले आफ्नै ठाँउमा घर निर्माण गर्न असमर्थ रहेको, पहिरो र धाँजाका कारण बस्न आयोग्य भएका क्षेत्रका मानिसहरुले आफ्नै क्षेत्रमा बसोबास गर्न चाहेको, भूकम्पका कारण पीडितले शुद्ध खानेपानीको समस्या भोग्नु परेको लगायतका समस्याहरु समेत देखाएको छ ।
वातावरण मन्त्रालयको ससंयोजन तथा संयुक्त राष्ट्र जनसंख्या कोष र अन्तराष्ट्रिय आप्रवासी संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा विभागले भूकम्प अति प्रभावित जिल्लाको ती हजार घरधुरीलाई नमुनाको रुपमा छनौट गरि अध्ययन गरेको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics