पर्यटनमा सबैको पहुँच सुनिश्चित गरौँ : ३७औँ विश्व पर्यटन दिवस



‘सबैका लागि पर्यटन : सबैको पहुँचको सुनिश्चिता’ भन्ने नारासहित एकैसाथ मंगलबार विश्वभर विश्व पर्यटन दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाउँदै आइरहेको छ । नेपालमा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइमा ५३ वटा संस्थाले आइतबारदेखि ३ दिने कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाएका छन् ।

साथै विश्व पर्यटन दिवसमा ट्रेकिङ एजेन्सीहरूको छाता संगठन टानले ३७ औं विश्व पर्यटन दिवस कार्यक्रम सञ्चालन गरेर सोमबार विभिन्न किसिमका अपांगता भएका व्यक्तिहरूलाई सहभागी गराइ सम्पदा यात्रा गराएको थियो । विभिन्न किसिमका अपांगता भएका ३० जना सम्मिलित कार्यक्रममा उनीहरूले ‘पर्यटन सबैका लागि, पर्यटनमा सबैको पहुँच बनाऊँ, हामी पनि घुमफिर गर्न सक्छौं,’ जस्ता प्लेकार्ड बोकेका थिए । उक्त र्यालीमा पर्यटन मन्त्रालयका तर्फबाट सचिव शंकरप्रसाद अधिकारी समेत सहभागी भएका थिए । नेपाललाई अन्तर्रा्ष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने लगायतका उद्देश्य राखेर स्थापना भएको बोर्डले र पर्यटन मन्त्रालयसहित पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरूले मंगलबार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमार्फत नेपाल आउने पर्यटकहरूलाई स्वागत गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा सहित १४ वटा ८ हजार मिटर अग्ला चुचुरा भएको नेपाल पर्वतीय पर्यटनका लागि निकै प्रख्यात मानिन्छ । हिमाल को आकर्षक सौन्दर्य हेर्न आउने पर्यटक साथै आरोहणका लागि पनि नेपाल निकै प्रख्यात छ । गत वर्षको भूकम्प, त्यसपछि तराईमा भएको बन्द र आन्दोलनका क्रममा यस क्षेत्रको पर्यटनमा नकारात्मक असर परेको थियो ।

सन् २०१५ मा नेपालमा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक आएका थिए । पर्यटन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार त्यस वर्ष नेपालमा पर्यटकको सरदर बसाइ अवधि १४ दिन रहेको थियो । तथ्यांकले त्यस वर्ष पर्यटकले प्रतिदिन नेपालमा खर्च गर्ने रकम ४८ बाट बढेर प्रतिदिन ६८ दशमलव ५७ डलर पुगेको आँकाडा सार्वजनिक गरेको थियो । नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान करिब ४ प्रतिशत रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics