जब लामखुट्टे मारेर ट्वीटरमा फोटो हालियो…

तस्विर : एजेन्सी


जापानमा लामखुट्टे मारेर त्यसको फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि माइक्रो ब्लगिङ साइट ट्वीटरले ति व्यक्तिको एकाउन्ट बन्द गरेको छ ।

बीबीसीका अनुसार ‘म टिभी हेरेर आनन्दले बसिरहेको बेला मलाई टोकेर कहाँ भाग्छस् ? मर ’ भनी ती व्यक्तिले फोटोसहित ट्वीट गरेका थिए ।

ट्वीट गरेको केहीबेर पछि ती व्यक्तिको ट्वीटरबाट एकाउन्ट बन्द गरिएको र पुन प्रयोग गर्न नसकिने जानकारीसहितको सन्देश आयो ।

蚊を殺害したら前のアカウントが永久凍結されました、これは違反行為でしょうか?
Twitterは徳川綱吉ですか? pic.twitter.com/bNh4pI8pTb


— Sice (@DaydreamMatcha) August 26, 2017


उनले लगत्तै नयाँ एकाउन्ट खोलेर आफ्नो पुरानो एकाउन्ट बन्द गरिएको जानकारी गराएका थिए । नयाँ एकाउन्टमा उनले लेखेका छन्,‘मैले लामखुट्टे मारेको भन्दै मेरो पुरानो एकाउन्ट बन्द गरिएको छ । के यो नियमविपरीत हो ?

उनले गरेको ट्वीट ३३ हजार भन्दा बढी पटक ट्वीट भएको छ र २९ हजारभन्दा बढीले लाइक गरेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics