चुरेका क्षेत्रमा कलम चलाउने महतो पत्रकार महासंघमा महोत्तरीको पहिलो प्रतिनिधि
- नेचर खबर
काठमाडौं । चुरेसहित वातावरण क्षेत्रमा सक्रिय रूपमा कलम चलाउने महोत्तरीका पत्रकार राजकरण महतो जिल्लाकै इतिहासमा पहिलोपटक केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।
पत्रकार महासंघ महोत्तरीका निवर्तमान सचिवसमेत रहेका महतो मंसीर २८ गतेको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय कार्यसमिति सदस्य(मधेशी खुल्ला) पदका उम्मेदवार महतोले विपक्षी प्यानलका उम्मेदवार चन्द्रदेव कामतीलाई १ हजार ३२८ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
निर्वाचित महतो देशभरीबाट कूल ३ हजार ८९३ मत प्राप्त गरेका थिए । मंगलवार प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले निर्वाचित महतोलाई एक समारोहका बीच निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
७२ वर्षको महोत्तरीको पत्रकारिता ईतिहासमा पहिलो पटक महतो केन्द्रीय सदस्यमा निर्वाचित भएसंगै यहाँका पत्रकारहरुको पहुँच केन्द्रमा पुगेको नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्व अध्यक्ष हरि प्रसाद मण्डलले बताए ।
पत्रकार महतोले महोत्तरीमा रहँदा चुरे र नदी क्षेत्रको संरक्षणसहित वातावरण क्षेत्रमा सक्रिय रूपमा कलम चलाएका थिए, भने हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर काम गर्दा ‘भुईँमान्छे’का कुरालाई प्राथमिकतामा राखेर कलम चलाउँदै आएका छन् ।
उनले हालै आमसञ्चार तथा पत्रकारिता बिषयमा स्नाकोत्तर गरेका छन् । महोत्तरीका पत्रकारहरू मध्ये महतो पत्रकारिता बिषयमा स्नाकोत्तर गर्ने पहिलो पत्रकार समेत रहेको पूर्व अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । उनी अन्नपूर्ण पोस्ट्का वरिष्ठ सम्वाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस