हिमालयमा बल्ल भूक्म्प मापनको सुरसार

सरकारले उच्च हिमालय क्षेत्रमा भूक्पप अभिलेख राख्ने तयारी गरेको छ । अहिले बस्ती कम भएको क्षेत्रमा भने भूकम्प मापन केन्द्रहरु राखिएका छैनन् । नेपालको हिमाली क्षेत्र भूकम्पहरुको जोखिम भएपनि भूक्म्पमा तथ्यापरक विवरणहरु आउन सकेका छैनन् । मानवीय क्षतिको जोखिम कम भएकाले हिमाली क्षेत्रमा भूक्म्प मापनको सुरसार भएको थिएन । खानी तथा भूगर्भ विभागका अनुसार कम्पनको शृंखलाको तथ्यांक पनि महत्वपूर्ण हुने भएको हिमालय क्षेत्रमा पनि सेस्मिक सेन्टर’ स्थापना गर्न लागिएको छ ।

विभागले यसैवर्ष १३ वटा ‘सेस्मिक सेन्टर’ स्थापना गर्ने गरी प्रक्रिया बढाएको छ । तीमध्ये केहीलाई काठमाडौं आसपास र अधिकांशलाई हिमाली भेगमा केन्द्रित गर्ने योजना छ ।

अहिले मुलुकभर २१ वटा भूकम्प मापन केन्द्र छन् । ती केन्द्रमार्फत् विभिन्न स्थानमा गएका सानारठूला भूकम्पहरुको मापन गरिन्छ । र, रेकर्ड भएका सबै तथ्यांक स्वचालित हिसाबबाट लैनचौरस्थित भूकम्पमापन केन्द्रमा आउँछ ।२०३६ सालमा फ्रान्सको सहयोगमा पहिलो सेस्मिक सेन्टर स्थापना भएको थियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयको सहयोगमा राजधानीआसपासका चार स्थान र अमेरिकी यूएसजीएस संस्थाको सहयोगमा खानी विभाग लैनचौरमा पनि भूकम्प मापन केन्द्र स्थापना गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics